मेयर दाहालको चरित्र हत्या गर्न खोज्नेविरुद्ध प्रहरीमा उजुरी | Khabarhub Khabarhub

मेयर दाहालको चरित्र हत्या गर्न खोज्नेविरुद्ध प्रहरीमा उजुरी


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको चरित्र हत्या गर्न खोज्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा अश्लील पोष्ट गर्दै श्रब्यदृश्य र स्टाटस राख्नेविरुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेको हो ।

महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमको जाहेरी दर्ता गराएको छ ।

शनिबार चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएपछि केही सामाजिक सञ्जालका प्रयोगकर्ताले मेयर रेनु दाहालका तस्वीर जोडेर चरित्र हत्या गर्ने खालका विभिन्न पोस्टहरु गरेका थिए ।

विभिन्न समूह र व्यक्तिका नामबाट भएका यस्ता कार्यविरुद्ध जाहेरी दिइएको मेयर दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।

जाहेरी परेसँगै मेयर दाहालको चरित्र हत्या गर्ने खालका पोस्ट गर्नेहरुको खोजी शुरु गरिएको चितवन प्रहरी प्रमुख दानवहादुर मल्लले बताए । उनले दोषीलाई आवश्यक कानुनी कारबाही गरिने जनाएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ८ : १७ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको