मेयर दाहालको चरित्र हत्या गर्न खोज्नेविरुद्ध प्रहरीमा उजुरी « Khabarhub

मेयर दाहालको चरित्र हत्या गर्न खोज्नेविरुद्ध प्रहरीमा उजुरी


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको चरित्र हत्या गर्न खोज्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा अश्लील पोष्ट गर्दै श्रब्यदृश्य र स्टाटस राख्नेविरुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेको हो ।

महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमको जाहेरी दर्ता गराएको छ ।

शनिबार चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएपछि केही सामाजिक सञ्जालका प्रयोगकर्ताले मेयर रेनु दाहालका तस्वीर जोडेर चरित्र हत्या गर्ने खालका विभिन्न पोस्टहरु गरेका थिए ।

विभिन्न समूह र व्यक्तिका नामबाट भएका यस्ता कार्यविरुद्ध जाहेरी दिइएको मेयर दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।

जाहेरी परेसँगै मेयर दाहालको चरित्र हत्या गर्ने खालका पोस्ट गर्नेहरुको खोजी शुरु गरिएको चितवन प्रहरी प्रमुख दानवहादुर मल्लले बताए । उनले दोषीलाई आवश्यक कानुनी कारबाही गरिने जनाएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ८ : १७ बजे

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

बाँके– जिल्ला निर्वाचन कार्यालय बाँकेले अस्थायी मतदाताका लागि तीन मतदान

शरीर बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ

सिरहा– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई

नेपालमा क्यान्सरको भयावह रूप: वार्षिक २६ हजार नयाँ बिरामी, मृत्युदर घटाउन चुनौती

काठमाडौं – आज विश्व क्यान्सरविरुद्धको दिवस हो। क्यान्सरबाट हुने मृत्यु

सुनको मूल्य १४ हजार चार सयले बढ्यो : कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

एमाले पार्टी कार्यालयमा दिउँसो १ बजे पत्रकार सम्मेलन

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका सम्बन्धमा