कम्बोडिया र थाइल्याण्डबीचको झडप शुक्रबार पनि जारी « Khabarhub

कम्बोडिया र थाइल्याण्डबीचको झडप शुक्रबार पनि जारी


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कम्बोडिया र थाइल्याण्डबीचको झडप शुक्रबार दोस्रो दिन पनि जारी छ । शुक्रबार दुबै मुलुकले एक अर्काविरुद्ध भारी तोपले आक्रमण गरेको समाचार संसथा रोयटर्सले जनाएको छ ।

पछिल्लो तनावका क्रममा हालसम्म १६ जनाको ज्यान गइसकेको छ । मारिनेमा १५ जना थाइल्याण्डका छन् भने एक जना कम्बोडियाका छन् ।

शुक्रबार सबेरै कम्बोडियाले रुसमा निर्मित बीएम–२१ रकेट प्रणालीले थाइल्याण्डको उबोन राट्चाठानी र सुरिन प्रान्तमा हमला गरेको थाई सेनाले जनाएको छ । अधिकारीका अनुसार तनाव बढ्दै जाँदा थाइल्याण्डको भूमिबाट १ लाख जनालाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

कम्बोडियाली आक्रमणको जवाफमा आफ्नो सेनाले पनि आवश्यक जवाफी कारवाही सञ्चालन गरेको थाई सेनाले उल्लेख गरेको छ । हाल थाइल्याण्डले कम्बोडियासँगको सीमा क्षेत्रमा दर्जनौँ ट्रक, बख्तरबन्द गाडी र ट्याङ्क परिचालन गरेको जनाइएको छ ।

कम्बोडियाले भने थाई फौजले क्लस्टर म्युनिसनले आक्रमण गरेको जनाएको छ । थाई लडाकु विमानले कम्बोडियामा क्लस्टर म्युनिसनबाट आक्रमण गरेको कम्बोडियाले जनाएको हो ।

अन्तर्राष्ट्रिय कानुनअनुसार यस्तो हतियारको प्रयोग अवैध मानिन्छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १२ : ३३ बजे

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले