बालविकासका शिक्षिकाहरु तीन दिनदेखि धर्नामा « Khabarhub

बालविकासका शिक्षिकाहरु तीन दिनदेखि धर्नामा


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर : कञ्चनपरका सामुदायिक विद्यालयमा कार्यरत बालविकासका शिक्षिकाहरु तलब वृद्धिको माग राख्दै धर्नामा बसेका छन् ।

तीन दिनदेखि बालविकासका शिक्षिकाहरू आफूहरूले राखेका माग पूरा गर्नका लागि दबाब दिन भीमदत्त नगरपालिका कार्यालयमा धर्नामा बसेका हुन् ।

सरकारले चालु आर्थिक वर्षमा अन्य सरकारी कर्मचारी एवं शिक्षकको तलव वृद्धि गरेको थियो । तर बालविकासका शिक्षिकाहरूको तलव वृद्धि भएको थिएन । उनीहरूले आफूमाथि सरकारले पक्षपात गरेको र आफूहरूको तलब पनि वृद्धि गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।

नेपाल बालविकास शिक्षक संघर्ष समिति भीमदत्त नगरका अध्यक्ष दुर्गा विष्टले देशका तीन तहका सरकार हुँदा पनि आफूहरूको पीडा नबुझेकाले नजिकको सरकार भीमदत्त नगरपालिकामा आएर आन्दोलन गरिरहेको बताइन् ।

मासिक रूपमा पाउँदै आएको छ हजार तलवले घर खर्च चलाउन नसकिने उनको भनाइ छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ९ : २० बजे

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा