पाकिस्तानले बलोचिस्तानमा प्रतिआतंकवाद कानुनको दुरुपयोग गरेको एमनेष्टीको ठहर « Khabarhub

पाकिस्तानले बलोचिस्तानमा प्रतिआतंकवाद कानुनको दुरुपयोग गरेको एमनेष्टीको ठहर


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानले प्रतिआतंकवाद सम्बन्धी कानुनको दुरुपयोग गरी बलोचिस्तान प्रान्तमा अधिकारकर्मीको आवाज दबाइरहेको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले जनाएको छ । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनलले बलोचिस्तानमा अधिकारकर्मीको आवाज दबाउन पाकिस्तानले प्रतिआतंकवादी कानुनको दुरुपयोग गरेको जनाएको हो ।

बलोचिस्तान पोस्टका अनुसार पाकिस्तानले पछिल्लो समय बलोचिस्तानमा मानव अधिकारवादी कार्यकर्तालाई धरपकड गर्ने, बेपत्ता बनाउने र गैरन्यायिक हिरासतमा राख्ने कार्यलाई तीव्र पारेको छ । बलोचिस्तानमा विरोध दबाउन पाकिस्तानी प्रशासनले उपनिवेशकालमा लागू भएको सार्वजनिक कानुनव्यवस्था विधान र सन् १९९७ को प्रतिआतंकवाद कानुनको प्रयोग गर्दै आएको एमनेष्टीले जनाएको छ ।

यसरी नियन्त्रणमा लिइएका अधिकारकर्मीमाथि चरम यातना दिने गरिएको एमनेष्टीले उल्लेख गरेको छ । सन् २०२४ मा मात्रै बलोचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा २ हजार ३ सय ३२ जना बेपत्ता पारिएका थिए ।

एमनेष्टीले बन्धक बनाइएकाहरुको रिहाईका लागि पाकिस्तानमाथि दबाब बढाउन अन्तर्राष्ट्रिय समुदायसँग पनि आह्वान गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ८ : ०३ बजे

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको