गत आर्थिक वर्षमा चार किलोमिटर पदमार्ग निर्माण « Khabarhub

गत आर्थिक वर्षमा चार किलोमिटर पदमार्ग निर्माण


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८१–८२ मा सञ्चालन भएका योजनामार्फत चार दशमलव ३१ किलोमिटर पदमार्ग निर्माण भएको छ ।

गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १० वटा योजनाका लागि एक करोड २० लाख विनियोजन भएकोमा ९६ लाख २९ हजार ८७६ खर्च भएको छ ।

योजनामार्फत पर्यटकीयस्थलमा पक्की र कच्ची पदमार्ग, विश्रामस्थल, आश्रयस्थल, पर्खाललगायतका पूर्वाधार निर्माण भएको कार्यालयका प्रमुख अमृत कँडेलले जानकारी दिए ।

‘सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका हुन’, उनले भने, ‘प्रतिकूल भूगोल, मौसम र उपभोक्ताको ढिलासुस्तीका कारण पूरा काम नभएका योजनाको प्राविधिक नापजाँचका क्रममा भएको मूल्याङ्कनअनुसार भुक्तानी गरेका छौँ ।’ पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, स्थानीयवासी र पर्यटक मजदुरलाई आवतजावतमा सहज भएको छ ।

धौलागिरि गाउँपालिका–५ को मल्कवाङ डाँडाकटेरी रिरावर हुँदै ग्यासखार जोड्ने एक हजार ४६० मिटर पदमार्ग र सिँढी निर्माण भएको छ । रघुगङ्गा गाउँपालिका–७ स्थित कालीबराह मन्दिर हुँदै धौलागिरि आइसफल जोड्ने ८५० मिटर ढुङ्गाको सिँढीको पदमार्ग निर्माण भएको छ ।

रघुगङ्गा गाउँपालिका–२ भगवतीको माँझखर्कदेखि ओखरबोट हुँदै साझपानी जोड्ने ४१० मिटर, दग्नामको नागीदेवी मन्दिर जोड्ने २९० मिटर, बिम तल्लोगाउँमा २९० मिटर, अन्नपूर्ण गाउँपालिका–५ खोप्रालेकमा ५५० मिटर र बेनपा–६ को थाकनपोखरी भेटनरी कार्यालय हुँदै एकपाटे मन्दिर जोड्ने ३५० सिँढी र ढलान गरेको पदमार्ग निर्माण भएको छ ।

रघुगङ्गा गाउँपालिका–३ मा रहेको गायत्री मन्दिरमा पर्खाल निर्माण र रङरोगन, बेनी नगरपालिका–७ को बराहपाखोमा उद्यान र बेनी नगरपालिका–२ ज्यामरुककोटमा ध्यानआश्रम निर्माण भएको कार्यालयका इञ्जिनियर सुमन बोगटीले बताए ।

नयाँ पर्यटकीय गन्तव्यको रूप्मा विकास भएको खोप्रा लेकमा पदमार्गको साथै आश्रयस्थल, पदमार्गमा रेलिङ, खानेपानीको पाइप व्यवस्थापन भएको छ । नागीदेवी मन्दिरमा दुई वटा चौतारी र १०० मिटर तारजालीले घेराबार गरिएको छ ।

बिम तल्लोगाउँमा ढल व्यवस्थापनका लागि पक्की नाला र त्यसमाथि पदमार्ग बनाइएको छ । बराहपाखोको शान्तिपार्कमा पर्खाल, रेलिङ, ढुङ्गा छपाउन जमिनमा ढलान र फलामको बेञ्च राखिएको छ । (रासस)

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ८ : ०९ बजे

एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

बागलुङ– नेवारी समुदायमा संरक्षित तीन सय वर्ष पुरानो हनुमान नाच

इरानलाई गलाउन सामुद्रिक नाकाबन्दी लम्ब्याउने ट्रम्पको नयाँ रणनीति

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पुनः वार्ताको टेबलमा

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : देशका अधिकांश भूभागमा वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएल : उच्च स्कोरको खेलमा मुम्बईमाथि हैदरावादको सानदार जित

मुम्बई- हेनरिक क्लासेनको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले सनराइजर्स हैदरावादले मुम्बई

पाउण्ड २०५ पुग्यो : बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर