ललितपुर- श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुरबाट श्रीमान् पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका-१३ झरूवारासी डेरा गरी बस्ने मकवानपुरकी २० वर्षीया डोल्मा वाइवाको हत्या गरेको अभियोगमा उनकै श्रीमान ललितपुर महानगरपालिका-२७ सुनाकोठीका ३० वर्षीय मदनबहादुर स्याङतानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
विवादको क्रममा मदनले चक्कु प्रहार गरी डोल्माको हत्या गरेको भन्ने खबर पाएपछि प्रहरी वृत्त चापागाउँ र प्रहरी प्रभाग धापाखेलबाट घटनास्थल पुगेको प्रहरीले आरोपीलाई पक्राउ गरेको बताइएको छ । घटनासम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया