पारावत महाविहार संरक्षण समाजलाई प्राचीन सम्पदा हस्तान्तरण | Khabarhub Khabarhub

पारावत महाविहार संरक्षण समाजलाई प्राचीन सम्पदा हस्तान्तरण


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सङ्ग्रहालयले अमेरिकाबाट फिर्ता ल्याइएका तीन वटा प्राचीन सम्पदा (कलाकृति) शनिबार पुनः स्थापनका लागि इतुम्बहालस्थित भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत महाविहार संरक्षण समाजलाई हस्तान्तरण गरेको छ । 

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, सङ्ग्रहालय प्रमुख अरुणा नकर्मीले महाविहार संरक्षण समाजलाई ती प्राचीन कलाकृति हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण अघि सङ्ग्रहालय प्रमुख नकर्मी र समाजका अध्यक्ष प्रज्ञारत्न शाक्य, उपाध्यक्ष रमेशमान शाक्य, सचिव रत्नसम्भव शाक्य र काठमाडौँ महानगरपालिका–२४ का सदस्य रत्नाकर बज्राचार्यले हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए 

यसरी फिर्ता गरिएका कलाकृति (थाङ्का)मा ३०० वर्ष पुरानो चिन्तामणि लोकेश्वर, ५७५ वर्ष पुरानो गगनसिंह भारोया र उनकी पत्नी सहितको थाङ्का (पौभा) र ३२१ वर्ष पुरानो केशचन्द्रसहितको भैरव रहेका छन् । यो कलाकृति २०३७ साल भदौ २९ गते चोरी भएको थियो । चोरिएको कलाकृति अमेरिका पुर्‍याइएको पत्ता लागेपछि आवश्यक समन्वय गरी फिर्ता ल्याइएको हो ।  

उक्त कलाकृति ४५ वर्षपछि गत फागुन १९ गते नेपाल ल्याएर राष्ट्रिय सङ्ग्रहालयमा राखिएको थियो । आज सोही कलाकृति उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको उपस्थितिमा महाविहार संरक्षण समाजलाई हस्तान्तरण गरिएको हो । विसं २०३७ अघिसम्म गुँलापर्वका बेला १५ दिनसम्म यस महाविहारमा उक्त कलाकृति प्रदर्शन गरिन्थ्यो । 

अमेरिकाको नेवाः गुठीका अध्यक्ष विजयमान सिंह तथा पुरातत्व विभागसँगको समन्वयमा उक्त पौभा चित्र फिर्ता ल्याइएको जनाइएको छ ।  कलाप्रेमी स्टेफन एककार्डले सिकागोस्थित आर्ट इन्स्टिच्युट अफ सिकागोमा यी पौभाः प्रदर्शनीमा राखेको देखेपछि उनले नै यहाँ जानकारी दिएका थिए । सोही आधारमा ती पौभाः चोरी भएर सिकागो पुगेको सन् २००३ मा पुष्टि भएकामा  दुई दशक लामो प्रयासबाट नेपाल फिर्ता ल्याउन सफल भइएको सङ्ग्रहालयले जनाएको छ । 

कलाकृति हस्तान्तरण गर्दै उपप्रधानमन्त्री सिंहले नेपालका प्राचीन कलाकृति फिर्ता ल्याउन प्रयास गर्ने सबैलाई धन्यवाद दिँदै अब तिनको संरक्षणमा ध्यान दिन आग्रह गरे । बागमती प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले तीनै तहका सरकार सम्पदा संरक्षणमा लाग्नुपर्नेमा जोड दिँदै यस्ता सम्पदाले भावी पुस्तालाई इतिहास बुझाउन सहयोग पुग्ने धारणा राखे । 

काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले अभियन्ता विजय सिंहलगायतका सहयोगमा सम्पदा फर्काउन सफल भएकामा खुसी व्यक्त गर्दै तिनको संरक्षणमा महानगरबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाइन् । 

संरक्षण समाजका अध्यक्ष शाक्यले महाविहारमा आफ्नै सङ्ग्रहालय स्थापना गरी प्राकृतिक कलाकृति सुरक्षित राख्ने व्यवस्था मिलाइएको जानकारी दिए ।  उनले पटक पटकको प्रयासमा कलाकृति फिर्ता ल्याउन सफल भएको र आज पुरानै ठाउँमा पुनःस्थापना गर्न पाउँदा गर्व महसुस भएको बताए । 

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ७ : ०९ बजे

क्यामरुनका राष्ट्रपतिका मुखर आलोचक चुनावी प्रतिस्पर्धामा सहभागी हुन नपाउने

यउन्डे– क्यामरुनका राष्ट्रपति पाउल बियाका एक चर्चित आलोचकलाई निर्वाचन अधिकारीहरूले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन कहिले ? सिटौला भन्छन् : २०८३ को दशैँअगाडि सम्भव छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको पन्ध्रौँ महाधिवेशन २०८३

संवैधानिक परिषद्लाई बहुमतले निर्णय गर्न दिनुपर्छ : कृष्ण सिटौला

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संवैधानिक परिषद् बहुमतले निर्णय

बागलुङमा सडक बनाउन आर्थिक सहयोग अभियान

गण्डकी– सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका–३

म्याग्दी निस्कोटका १२५ घरपरिवारमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– १ निस्कोटमा ‘एक घर, एक धारा’सहितको