कांग्रेसको पन्ध्रौँ महाधिवेशन कहिले ? सिटौला भन्छन् : २०८३ को दशैँअगाडि सम्भव छैन « Khabarhub

कांग्रेसको पन्ध्रौँ महाधिवेशन कहिले ? सिटौला भन्छन् : २०८३ को दशैँअगाडि सम्भव छैन


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको पन्ध्रौँ महाधिवेशन २०८३ सालको मंसिरअघि सम्भव नभएको बताएका छन्।

आइतबार नेपाली कांग्रेसको बिटमा समाचार लेख्ने पत्रकारसँग काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले चौधौँ महाधिवेशनमा निर्वाचित कार्यसमितिलाई एक वर्ष कार्यकाल सुविधा लम्ब्याउने अधिकार रहेको बताए ।

‘नेपाली कांग्रेसको महाधिवेशन यसअघि पनि हरेक पाँच वर्षमा भएको छ । चार वर्षे कार्यकालमा एक वर्ष थपिन्छ । आगामी २०८२ मंसिरमा यो कार्यसमितिको कार्यकाल सकिन्छ’, उनले भने, ‘अहिले देखिएको क्रियाशील सदस्यता विवाद नै आगामी असोजमा टुंग्याउने भनिएको छ । त्यसैले यही मंसिरमा महाधिवेशन हुँदैन । महाधिवेशनमा २०८३ साल दशैँ आसपास हुन्छ, ढिलोमा मंसिरसम्म पुग्छ ।’

उनले आगामी महाधिवेशनमा मिलेर जानुपर्ने कोसिस भइरहेको बताए । त्यसकै लागि चाक्सीबारीमा जुटेर नेताहरूले छलफल गरेको उनले बताए ।
‘यस्तो भेटघाट भइरहन्छ । हामी बसिरहन्छौँ । अस्ति पनि चाक्सीबारीमा सातजना बसेका थियौँ’, उनले भने, ‘हिजो महाधिवेशनमा सघाएका साथीहरूलाई सभापति शेरबहादुर देउवाले साथमा लिनु उहाँको कुरा हो । तर आजका दिनमा उहाँले सबैलाई मिलाएर लैजान सक्नुपर्छ ।’

उनले पन्ध्रौँ महाधिवेशनमा के गर्ने भन्ने अहिले नै छलफलको विषय नभएकव बताए । ‘भविष्यमा हामी के गर्छौँ भन्न सकिँदैन’, उनले भने, ‘महाधिवेशनको मिति नै नतोकिएको अवस्थामा अहिले नै यसो गर्छौँ भन्नु हतार हुन्छ।’

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १२ : २७ बजे

पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

देवदह– तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन

अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार

जेनेभा- अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित

भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

भक्तपुर– भक्तपुर अस्पतालको १२३औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

गलकोट (बागलुङ)- बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा