गुजरात र अरब सागर आसपासमा रहेको न्यून चापिय प्रणालीमा परिवर्तन आयो–मौसमविद् « Khabarhub

गुजरात र अरब सागर आसपासमा रहेको न्यून चापिय प्रणालीमा परिवर्तन आयो–मौसमविद्


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन सामान्य वर्षा हुनसक्ने जनाएको छ । देशका पूर्वी र पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रही बांकी भू-भागमा आंशिक बदली रहने विभागले जनाएको छ ।

विभागका अनुसार भारतको गुजरात र अरब सागर आसपासमा रहेको न्यून चापिय प्रणाली अवदाब मा परिवर्तित भएको छ ।

भारतको उत्तर प्रदेशमा रहेको न्यून चपीय प्रणालीको असर नेपालको पूर्वी र मध्य भू-भागमा रहेको छ । यि दुई प्रणालीका कारण नेपाल मा बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा आइरहेको मौसमविद्हरुले बताएका छन् ।

जसका कारण हाल देशका पूर्व र मध्य भू-भागमा सामान्य देखि पूर्णतया बदली रही पूर्वका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको विभागले जनाएको छ ।

विभागका अनुसार आगामी तीन दिनको मौसमी अवस्था यस्तो छ–

असोज १३ गते (सोमबार)

दिउँसो: देशका पूर्वी र पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जन सहित चट्याङ्गको सम्भावना छ।

राति: देशको पूर्व र मध्य भेगमा आंशिक देखि सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ। पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ।

असोज १४ गते (मंगलबार)

दिउँसो: देशभर आंशिक बदली रही थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

राती: देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्व र मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने छ।

असोज १५ गते (बुधबार)

दिउँसो: देशभर आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती: देशभर आंशिक बदली रही पूर्व र मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने छ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ८ : १८ बजे

घेरिएपछि रिसाएका ओलीले भने : विधिबाट अध्यक्ष बनेको हुँ, प्रतिवेदन र केन्द्रीय कमिटी बैठक पर्खौँ

काठमाडौँ– फागुन २१ को निर्वाचनपछि पहिलोपटक बसेको एमालेको सचिवालय बैठक

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि, दलका नेताहरूले सम्बोधन गर्ने

बागमती– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक

नेपाली गीतका यी दुर्लभ रेकर्ड : करोड क्लबमा बालेनदेखि मेलिनासम्म

काठमाडौं – नेपाली गीतको रकेर्ड खोज्दा ‘कुटुमा कुटु’ छुट्दै छुट्दैन

सार्वजनिक लेखा र कानून समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका सार्वजनिक लेखा समिति र

अमेरिका-इरान वार्ता: ‘हतारिएर सम्झौता नगर्न’ वार्ता टोलीलाई ट्रम्पको निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा ‘हतार नगर्न’