प्रधानमन्त्री समक्ष १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन गर्न आग्रह « Khabarhub

प्रधानमन्त्री समक्ष १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन गर्न आग्रह


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सुदूरपश्चिमका नेताले विभिन्न १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन आग्रह गरेका छन् । 

नेकपा (एमाले)का सचिव लेखराज भट्टको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली समक्ष आइतबार भेटी त्रिभुवन विश्वविद्यालय (त्रिवि)का सम्बन्धन प्राप्त भई सुदूरपश्चिम प्रदेशमा सञ्चालित १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजन गर्न आग्रह गरेका हुन् ।

टोलीले भानु बहुमुखी क्याम्पस दोधरा चाँदनी कञ्चनपुर, अछाम बहुमुखी क्याम्पस मङ्गलसेन अछाम, लम्की बहुमुखी क्याम्पस कैलाली, केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस डोटी, शङ्करपुर क्याम्पस दार्चुला, घोडाघोडी बहुमुखी क्याम्पस कैलाली, कृष्ण वैजनाथ बहुमुखी क्याम्पस झलारी कञ्चनपुरलाई सुदूपश्चिम विश्वविद्यायको आङ्गिक क्याम्पसमा समायोजन गरिदिन माग गरिएको छ । 

यस्तै पुचौडी बहुमुखी क्याम्पस हाट बैतडी, बझाङदीप बहुमुखी क्याम्पस बझाङ, सुनकुडा बहुमुखी क्याम्पस बझाङ, भीमदत्त बहुमुखी क्याम्पस डडेल्धुरा, महाकाली बहुमुखी क्याम्पस बेलौरी कञ्चनपुर र गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज गोकुलेश्वर बैतडीलाई सुदूपश्चिम विश्वविद्यायको आङ्गिक क्याम्सपसमा समायोजन गरिदिन माग गरिएको छ । 

भेटमा अनेरास्ववियुका पूर्वउपाध्यक्ष गोविन्द गिरीले प्रधानमन्त्री ओलीले यसअघि आफू प्रधानमन्त्री हुँदा बखत नै सुदूरपश्चिम विश्वविद्यालयको सभाबाट ती १३ वटा क्याम्पसलाई समायोजन गर्ने निर्णय गरेकोले भन्दै चाँडै समायोजन गर्ने प्रक्रियामा लैजाने  प्रतिबद्धता व्यक्त गरेको बताए ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १ : ४३ बजे

रवि भन्छन् : आजै उठाउँछ, भोलि नै उठाउँछ भनेर आतंकित नहुनू, सरकारले त्यस्तो गरेको छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सबैजना सुकुम्वासीलाई

बालेनले तयार पारे संघीय सरकारका १७ मन्त्रालयको खाका

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले संघीय सरकारका मन्त्रालय २५ बाट घटाएर

‘भूमिहीन र सुकुम्वासीलाई बिचल्ली पार्दैनौँ, घर-जग्गा उपलब्ध गराउँछौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भूमिहीन

बुटवलको मोतिपुरमा प्रदर्शन, भने- डोजर आतंक बन्द गर, सुकुम्वासी हुनु रहर होइन, बाध्यता

काठमाडौं– मोतिपुर क्षेत्रका बासिन्दा डोजर प्रयोग गरेर बस्ती हटाउने तयारीविरुद्ध

सीजी मेरिडियाको ‘एआईस्मार्ट एयर फ्रायर’, के-के छन् विशेषता ?

काठमाडौं– सीजीले ‘सीजी मेरिडिया’ अन्तर्गत स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियोमा बजारमा ल्याएको एआई-सञ्चालित