भारतीय नेतालाई कठिन समयमा नेपालले सेल्टर दिएको थियो – प्रधानमन्त्री ओली « Khabarhub

भारतीय नेतालाई कठिन समयमा नेपालले सेल्टर दिएको थियो – प्रधानमन्त्री ओली


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधान केपी शर्मा ओलीले भारतको स्वतन्त्रताका लागि नेपाली नेताले गरेको योगदानको चर्चा गरेका छन् ।

उनले भारतीय नेताहरुको कठिन समयमा नेपालले सेल्टर दिएर राखेको बताएका छन् । आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ समर्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतका समाजवादीहरुको एकआपसमा भावनात्मक सम्बन्ध भएको बताएका छन् ।

‘भारत स्वतन्त्र गराउनका लागि समेत र भारतीय नेताहरु कठिन समयमा हुँदा नेपालले सेल्टर दिएर लुकाएर पनि काम गरेका थिए,’ ओलीले भने, ‘जयप्रकाश नारायणजी नेपालमा भूमिगत पनि बस्नु भएको थियो । राजविराज जेलमा पनि बस्नु भएको थियो । यसै कारण नेपालका समाजवादीहरुको भारतका समाजवादीहरुसँगको भावनात्मक सम्बन्ध हुनु एउटा महत्वपूर्ण कुरा थियो ।’

बीपी कोइराला लगायतका नेपाली नेताहरुले भारतमा स्वतन्त्रताका लागि योगदान गरेको बताए । ओलीले भने, ‘म हाम्रो अघिल्लो पुस्तालाई धेरैधेरै धन्यवाद भन्न चाहान्छु, कृतज्ञता जाहेर गर्न चाहान्छु । जसले हामी सबैलाई सङ्‍घर्षका निम्ति बाटो देखाउनु भयो । त्यो पुस्ताको हुनुहुन्थ्यो बीपी कोइराला । उहाँ नेपालमा मात्र होइन, भारतमा ‘भारत छोडो मुभमेन्ट’ मा पर्नु भएको थियो । भारतीय जेलमा थुप्रै नेताहरु परेका थिए । बीपी कोइराला, मनमोहन अधिकारी, तुलसीलाल अमात्यलगायतका नेताहरु ।’

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  २ : ४६ बजे

रवि भन्छन् : आजै उठाउँछ, भोलि नै उठाउँछ भनेर आतंकित नहुनू, सरकारले त्यस्तो गरेको छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सबैजना सुकुम्वासीलाई

बालेनले तयार पारे संघीय सरकारका १७ मन्त्रालयको खाका

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले संघीय सरकारका मन्त्रालय २५ बाट घटाएर

‘भूमिहीन र सुकुम्वासीलाई बिचल्ली पार्दैनौँ, घर-जग्गा उपलब्ध गराउँछौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भूमिहीन

बुटवलको मोतिपुरमा प्रदर्शन, भने- डोजर आतंक बन्द गर, सुकुम्वासी हुनु रहर होइन, बाध्यता

काठमाडौं– मोतिपुर क्षेत्रका बासिन्दा डोजर प्रयोग गरेर बस्ती हटाउने तयारीविरुद्ध

सीजी मेरिडियाको ‘एआईस्मार्ट एयर फ्रायर’, के-के छन् विशेषता ?

काठमाडौं– सीजीले ‘सीजी मेरिडिया’ अन्तर्गत स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियोमा बजारमा ल्याएको एआई-सञ्चालित