पानी अभाव भएपछि वीरगञ्जमा ‘हुकिङ’ मार्फत डीप बोरिङ | Khabarhub Khabarhub

पानी अभाव भएपछि वीरगञ्जमा ‘हुकिङ’ मार्फत डीप बोरिङ


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– खानेपानीको अभाव कम गर्न पर्सामा बिजुलीको पोलबाट लाइन ‘हुकिङ’ गरेर पानी तान्ने गरेको पाइएपछि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले उपभोक्ता समितिहरूलाई अनिवार्य रूपमा मिटर जडान गरेर विद्युत् प्रयोग गर्नका लागि अनुरोध गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले खानेपानी र सिँचाइका लागि मिटरसहितको विद्युत्को लाइन जडान गरेर मात्रै डीप बोरिङ गर्नका लागि अनुरोध गरे । 

‘उपभोक्ता समितिहरूले आवश्यक पर्ने कागजात लिएर आएको खण्डमा २४ घण्टाभित्रै डिपबोरिङ रहेको स्थानमा लाइनसहितको मिटर जडान गरिदिनेछौँ । त्यसैले मिटर जडान नगरीकनै हुकिङ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुहुन अनुरोध गरिन्छ’, उनले भने । 

वितरण केन्द्रका प्रमुख दुबेले ओभर ट्रिपिङको कारणले विद्युत्मा ‘सर्टसर्किट’ र विद्युत् चुहावट दुवै नियन्त्रण गर्नका लागि खटिनुपर्ने अवस्था आएको बताए । 

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ५ : ०४ बजे

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

कंगो – कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा आइतबार राति भएको

सभामुख घिमिरे जेनेभा प्रस्थान

काठमाडौं – सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त

प्रधानमन्त्रीद्वारा सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूूर्यविनायकमा नयाँ रङ्गशाला

सुख्खाग्रस्त वीरगञ्जमा ‘अभियान सहारा’ले पठायो १२ सय लिटर पिउने पानी

काठमाडौं- नेकपा एमालेका युवा नेता तथा सामाजिक अभियन्ता प्रकाश पौडेलको