वीरगञ्ज- मधेश प्रदेश अहिले सुख्खा र खडेरीको चर्को चपेटामा परेको छ । मनसुन आएर पनि पानी नपरेपछि मधेशमा खेतीसमेत हुन सकेको छैन । कतिपय स्थानमा खानेपानीको चरम अभाव भएको छ ।
अहिले मधेश प्रदेशकै ठूलो वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडामा खानेपानीको चरम अभाव देखिएको छ । पालिकाको १९ नं वडा विन्ध्याबासिनी टोल, २४ नम्बर वडाको राम गडुवा टोलमा खानेपानीको चरम संक छ ।
उक्त क्षेत्रमा खानेपानीको अभाव टार्न नेपाली सेना, स्थानीय सरकार र खानेपानी संस्थानले पानी वितरण गरिरहेका छन् ।
नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वार्टरको २८ बाहिनीअन्तर्गत श्री श्रीजंग गणले दैनिक ती चरणमा पानी वितरण गरिरहेको छ । बिहान ७ बजे, दिउँसो २ बजे र साँझ ६ बजे ६ वटा दमकलमार्फत् दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताए ।
नेपाली सेनाले दिनको ३ पटक वितरण गर्ने पानी नै खाना पकाउन र पिउन प्रयोग गरिरहेको स्थानीय मोटर मियाँले बताए । गाउँका सबै चापाकल, इनार, कुवा सुकिसकेका छन् । वर्षात नहुँदा संकट चुलिँदै गएको उनले बताए
स्थानीय सुरजकुमार यादवले स्थानीय सरकार र राजनीति दलले केही सहयोग नगरेको बताए । ‘पानीको समस्या परेका बेला अहिलेसम्म नेपाली सेनाले मात्रै वितरण गरिरहेको छ । वडा कार्यालय र पालिकाले केही गरेका छैनन्’ , उनले भने ।
तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी




















प्रतिक्रिया