थामिनसक्नु गर्मीमा काकाकुल वीरगञ्ज, पानी बाँड्दै सेना (तस्बिरहरू) « Khabarhub

थामिनसक्नु गर्मीमा काकाकुल वीरगञ्ज, पानी बाँड्दै सेना (तस्बिरहरू)


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- मधेश प्रदेश अहिले सुख्खा र खडेरीको चर्को चपेटामा परेको छ । मनसुन आएर पनि पानी नपरेपछि मधेशमा खेतीसमेत हुन सकेको छैन । कतिपय स्थानमा खानेपानीको चरम अभाव भएको छ । 

अहिले मधेश प्रदेशकै ठूलो वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडामा खानेपानीको चरम अभाव देखिएको छ । पालिकाको १९ नं वडा विन्ध्याबासिनी टोल, २४ नम्बर वडाको राम गडुवा टोलमा खानेपानीको चरम संक छ ।

उक्त क्षेत्रमा खानेपानीको अभाव टार्न नेपाली सेना, स्थानीय सरकार र खानेपानी संस्थानले पानी वितरण गरिरहेका छन् ।

नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वार्टरको २८ बाहिनीअन्तर्गत श्री श्रीजंग गणले दैनिक ती चरणमा पानी वितरण गरिरहेको छ । बिहान ७ बजे, दिउँसो २ बजे र साँझ ६ बजे ६ वटा दमकलमार्फत् दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताए ।

नेपाली सेनाले दिनको ३ पटक वितरण गर्ने पानी नै खाना पकाउन र पिउन प्रयोग गरिरहेको स्थानीय मोटर मियाँले बताए । गाउँका सबै चापाकल, इनार, कुवा सुकिसकेका छन् । वर्षात नहुँदा संकट चुलिँदै गएको उनले बताए

स्थानीय सुरजकुमार यादवले स्थानीय सरकार र राजनीति दलले केही सहयोग नगरेको बताए । ‘पानीको समस्या परेका बेला अहिलेसम्म नेपाली सेनाले मात्रै वितरण गरिरहेको छ । वडा कार्यालय र पालिकाले केही गरेका छैनन्’ , उनले भने ।

तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ६ : ०८ बजे

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका