प्रहरीमा जागिर छाड्नेको लर्को, एक वर्षमै फुकाले २३ सय ६९ जनाले बर्दी « Khabarhub

प्रहरीमा जागिर छाड्नेको लर्को, एक वर्षमै फुकाले २३ सय ६९ जनाले बर्दी


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीमा केही वर्षयता जागिर छाड्नेको लर्को लागेको छ । प्रहरीको जागिर आकर्षक बताइँदै गर्दा जिम्मेवारीमा टिक्नै मुस्किल पर्न थालेको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म नेपाल प्रहरीबाट करिब २४ सयजना प्रहरीले राजीनामा दिएर अन्य पेशा अंगालेको विवरण नक्सालले नै आइतबार सार्वजनिक गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आर्थिक बर्ष २०८१ साउनदेखि २०८२ असार मसान्तसम्म जवानदेखि अधिकृतसम्म २३ सय ६९ जनाले राजीनामा दिएका जनाएको छ ।

प्रहरीमा सरुवा, बढुवा र वृत्तिविकाससहितमा पछिल्लो समय भेदभाव, राजनीतिक कित्ताकाँट र उच्च तहको फट्याइँको परिणाम राजीनामा गर्ने क्रम बढेको हो ।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिनोद घिमिरेले कतिपय प्रहरीले राजनीनामा दिएर आकर्षक तलबसहित वैदेशिक रोजगारीमा जाने गरेको पनि खुलाएका छन् ।

घिमिरेका अनुसार अन्य केही प्रहरी भने भ्रष्टाचार, आपराधिक घटना र आचरणविपरीत कृयाकलापमा जोडिँदा विभागीय कारबाहीमा परेर राजीनामा दिँदै बाहिरिने गरेका छन् ।

घिमिरेका अनुसार गत आर्थिक वर्षमा देशभरका प्रहरी कार्यलयहरूमा अपराधका ५८ हजार ४ सय ७२ जाहेरी परेको छ । जसमा योजनबद्ध व्यक्तिहत्या गरेको अभियोगमा मात्रै ५ सय १० मुद्दा दर्ता भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार अपहरणका १ सय ४२, मानव बेचबिखनका १ सय ५२ जबर्जस्ती करणीका २ हजार ३ सय ८७ जाहेरी परेका छन् । प्रहरीमा दैनिक एक सय ६० मुद्दा दर्ता हुने गरेको प्रहरी प्रवक्ता घिमिरेले बताए ।

उनले पत्रकारसँगको संवादमा मानवस्रोत विकास तथा व्यवस्थापनतर्फ प्रहरी जनशक्ति अन्तर्गत कुल दरबन्दी, कार्यरत संख्या र दर्जागत संख्याबारे जानकारी दिए ।

प्रहरीको इकाईगत संख्या, अन्य निकायको समन्वयमा परिचालित प्रहरी इकाईहरू, नेपाल प्रहरीको भैतिक संरचनाको संख्यात्मक विवरण तथा हालको अवस्था र अस्थायी पोष्टमा कार्यरत एवम् नयाँ स्तरवृद्धिको लागि माग भएका इकाईहरूको बारेमा संख्यागत विवरण प्रस्तुत गरे ।

यसैगरी उक्त अवधिमा भएका नयाँ नियुक्तिको लागि सिफारिस, छनौटका क्रममा रहेका पदहरू, नयाँ नियुक्ति/ पदस्थापन, सरूवा, बढुवा, कारवाही तथा पुरस्कारको साथै प्रशिक्षणसम्बन्धी विवरण प्रस्तुत गरे ।

एक वर्षको अवधिको अपराध अनुसन्धान तथ्याङ्क प्रस्तुतीकरण गर्नुको साथै मुद्दा दर्ता, तुलनात्मक अपराध तथ्याङ्क, मुख्य अपराधहरू, फैसला कार्यान्वयन र हराएका तथा फेला परेका मानिसहरूको विवरणसम्बन्धी तथ्याङ्क समेत उनले प्रस्तुत गरे ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ७ : ३१ बजे

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल