ताइवानले गर्‍यो सैन्य अभ्यास « Khabarhub

ताइवानले गर्‍यो सैन्य अभ्यास


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– ताइवानले इतिहासकै लामो ‘लाइभ फायर’ सैन्य अभ्यास सञ्चालन गरेको छ । ताइवानले इतिहासकै सबैभन्दा लामो हान कुआङ सैन्य अभ्यास सञ्चालन गरेको ताइपेई टाइम्सले जनाएको छ ।

यो अभ्यास १० दिनसम्म सञ्चालन भएको थियो । ताइवानका राष्ट्रिय प्रतिरक्षामन्त्री वेलिङ्टन कुले अभ्यास क्रममा देखाएको युद्ध तत्परताका लागि सेनाको प्रसंशा गरेका छन् ।

यसअघि पनि ताइवानी फौजले हान कुआङ सैन्य अभ्यास गर्दै आएको थियो । तर, यसअघिका सैन्य अभ्यास केबल ५ दिनसम्म सञ्चालन हुने गरेको थियो ।

यसपाली भने ताइवानी सेनाले १० दिनसम्म अभ्यास गरेको हो । यस अभ्यासका क्रममा अमेरिकामा निर्मित हाइमार्स तोपखाना प्रणाली, टो २ बी ट्याङ्क प्रतिरोधी क्षेप्यास्त्र र नयाँ हवाई उपकरण परिचालन गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ८ : ४१ बजे

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस

अर्घाखाँची– नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

अमेरिकाले स्थगित गर्‍यो डीभी कार्यक्रम

काठमाडौं- अमेरिकाले डाइभर्सिटी भिजा (डीभी) कार्यक्रम स्थगित गरेको छ ।

बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्दै

दशरथचन्द– बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन् । विगतमा