सुविधाबाट वञ्चित छन् अल्पसङ्ख्यक सुनाहा समुदाय | Khabarhub Khabarhub

सुविधाबाट वञ्चित छन् अल्पसङ्ख्यक सुनाहा समुदाय


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सरकारले लोपोन्मुख र अल्पसङ्ख्यक जातिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । तर अल्पसङ्ख्यक सुनाहा जातिको जातीय पहिचान सूचित नहुँदा अल्पसङ्ख्यक समुदायले प्राप्त गर्ने सेवा सुविधाबाट वञ्चित छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ की चन्द्रकला सुनाहा राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपर्दा केटाकेटी पढाउन नसकेको बताउँछिन् ।

पछिल्लो समय पुर्ख्यौली पेसासमेत लोप भएपछि विकल्पका रूपमा यो समुदायले महाकाली नदीमा गिट्टी, बालुवा छानेर जीविकोपार्जन गरिरहेका छन् ।

‘हाम्रो परम्परागत पेसा नदीमा सुन चालेर गुजारा गर्ने हो, नदीमा सुन नचालेको वर्षौँ भयो’, उनले भनिन्, ‘अहिले हिउँदको ६ महिना महाकालीमा गिट्टी बालुवा चाल्छौँ, वर्षातमा मजदुरी गरेर परिवारको जोहो गर्छौँ ।’

उनले आफ्नो जाति सूचिकृत नहुँदा राज्यबाट पाउनुपर्ने सेवासुविधाबाट वञ्चित हुनुपरेको गुनासो गरिन् ।

‘अहिलेसम्म हाम्रो जातीय पहिचान नै छैन, यसका लागि हामीले धेरै अनुरोध गर्‍याैँ’, उनले भनिन्, ‘जाति सूचिकृत नहुँदा अन्य अल्पसङ्ख्यक समुदायले जस्तो राज्यबाट पाइने सुविधाबाट वञ्चित भएका छौँ ।’ (रासस)

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ८ : २४ बजे

माधव नेपाललाई विशेषले भन्यो- आफैं मुद्दा लड्नू, ‘खेताला’ राख्न मिल्दैन

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध दायर

लागूअ‍ौषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सुर्खेत– लागूऔषध (ब्राउन सुगर)मुद्दामा कैद सजाय फैसला भएका एक व्यक्तिलाई

वैकल्पिक उपाय अपनाएर भए पनि द्रुतमार्गलाई सम्पन्न गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक उपाय अपनाएर भए पनि

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छ : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पताल सुधार भए