सुविधाबाट वञ्चित छन् अल्पसङ्ख्यक सुनाहा समुदाय « Khabarhub

सुविधाबाट वञ्चित छन् अल्पसङ्ख्यक सुनाहा समुदाय


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सरकारले लोपोन्मुख र अल्पसङ्ख्यक जातिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । तर अल्पसङ्ख्यक सुनाहा जातिको जातीय पहिचान सूचित नहुँदा अल्पसङ्ख्यक समुदायले प्राप्त गर्ने सेवा सुविधाबाट वञ्चित छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ की चन्द्रकला सुनाहा राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपर्दा केटाकेटी पढाउन नसकेको बताउँछिन् ।

पछिल्लो समय पुर्ख्यौली पेसासमेत लोप भएपछि विकल्पका रूपमा यो समुदायले महाकाली नदीमा गिट्टी, बालुवा छानेर जीविकोपार्जन गरिरहेका छन् ।

‘हाम्रो परम्परागत पेसा नदीमा सुन चालेर गुजारा गर्ने हो, नदीमा सुन नचालेको वर्षौँ भयो’, उनले भनिन्, ‘अहिले हिउँदको ६ महिना महाकालीमा गिट्टी बालुवा चाल्छौँ, वर्षातमा मजदुरी गरेर परिवारको जोहो गर्छौँ ।’

उनले आफ्नो जाति सूचिकृत नहुँदा राज्यबाट पाउनुपर्ने सेवासुविधाबाट वञ्चित हुनुपरेको गुनासो गरिन् ।

‘अहिलेसम्म हाम्रो जातीय पहिचान नै छैन, यसका लागि हामीले धेरै अनुरोध गर्‍याैँ’, उनले भनिन्, ‘जाति सूचिकृत नहुँदा अन्य अल्पसङ्ख्यक समुदायले जस्तो राज्यबाट पाइने सुविधाबाट वञ्चित भएका छौँ ।’ (रासस)

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ८ : २४ बजे

‘बाढी पीडितमाथि अनावश्यक टिप्पणी र थप पीडा दिननेप्रति सरकार निर्मम हुन्छ, कारबाही गर्छौँ’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरोमा आफन्त गुमाएर अथाह पीडामा रहेका

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व