नक्कली सुन देखाएर साढे २१ लाख रुपैयाँ ठगी, भक्तपुरबाट दुईजना पक्राउ « Khabarhub

नक्कली सुन देखाएर साढे २१ लाख रुपैयाँ ठगी, भक्तपुरबाट दुईजना पक्राउ


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नक्कली सुन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका-८ बोडे बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर भएका २८ वर्षीय बुद्धिबहादुर तामाङ र चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने नुवाकोटका २२ वर्षीय सुमन तामाङ छन् ।

उनीहरूले नक्कली सुन देखाई प्रतितोला १ लाख १० हजार रूपैयाँमा दिन्छु भनेर प्रलोभनमा पारेको खुलेको छ ।

दुवैले २०८१ फागुन २५ गते सूर्यविनायक नगरपालिका-६ बस्ने ओखलढुङ्गा घर भएका पीडितलाई भक्तपुर इबामोरा चोकनजिक बोलाई उनको साथबाट १२ लाख रूपैयाँ ठगेको खुलेको छ।

यी दुईजनाले २०८२ जेठ २७ गते भक्तपुर राधेराधे बस्ने दोलखाका पीडितलाई भक्तपुर पान्डुबजारनजिक बोलाई ९ लाख ५० हजार रूपैयाँ लिई फरार भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको टोलीले उनीहरूलाई भक्तपुरबाटै पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १२ : २७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया