थाइल्याण्ड र कम्बोडियाका नेताबीच मलेशियामा शान्ति वार्ता शुरु | Khabarhub Khabarhub

थाइल्याण्ड र कम्बोडियाका नेताबीच मलेशियामा शान्ति वार्ता शुरु


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाका सरकारप्रमुखबीच मलेशियामा शान्तिवार्ता शुरु भएको छ । मलेशियाको रजधानी क्वालालम्पुरमा थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाई र कम्बोडियाका प्रधानमन्त्री हुन मनेटबीच वार्ता शुरु भएको हो ।

यस वार्ताको मध्यस्थता मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले गरिरहेका छन् । उनकै निवासमा वार्ता भइरहेको समाचार संस्था एपीले जनाएको छ ।

दक्षिणपूर्वी एशियाली मुलुकहरुको समूह आशियानको अध्यक्षका रुपमा मलेशियाका प्रधानमन्त्री मध्यस्थकर्ता बनेका हुन् । गत बिहीबार कम्बोडिया र थाइल्याण्डबीच द्वन्द्व शुरु भएको पाचौँ दिनमा दुबै मुलुकका नेताहरु वार्तामा जुटेका हुन् । दुबै मुलुकले एक अर्कामाथि द्वन्द्व शुरु गरेको आरोप लगाएका छन् ।

कम्बोडिया र थाइल्याण्डबीच सीमा क्षेत्रमा रहेको विवादित हिन्दू मन्दिरको विषयलाई लिएर यी दुई मुलुकबीच बेलाबेला तनाव उत्पन्न हुँदै आएको छ ।

द्वन्द्वका क्रममा हालसम्म दुबै पक्षका गरी ३५ जनाको ज्यान गएको र अरु २ लाख ६० हजारभन्दा धेरै घाइते भएका छन् । दुबै मुलुकले एक अर्को मुलुकबाट राजदूत फिर्ता बोलाएका छन् भने सीमा क्षेत्र बन्द गरिएको छ ।

क्वालालम्पुरमा दुई देशका नेताबीच वार्ता भइरहेपनि सीमा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीबीच लडाइँ भइरहेको छ । एपीका अनुसार कम्बोडियाको मियान्चे प्रान्तमा गोलाबारीको आवाज सुनिएको छ ।

मलेशियाका प्रधानमन्त्री इब्राहिमले दुबै पक्षले शान्तिका लागि आवश्यक सर्त अघि सार्ने अपेक्षा गरिएको छ । यद्यपि वार्तामा तत्काल युद्धविराम गर्ने विषयलाई पहिलो प्राथमिकता दिइएको छ ।

यसअघि गत शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै मुलुकलाई शान्ति वार्ताका लागि दबाब दिएका थिए । उनले दुई देशबीच द्वन्द्व कायम रहे त्यसले अमेरिकासँगको व्यापार सम्झौतामा असर पार्ने चेतावनी दिएका थिए ।

क्वालालम्पुरका लागि उड्नुअघि थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले यस वार्तामा अमेरिका र चीनका प्रतिनिधि पनि पर्यवेक्षकका रुपमा सहभागी हुने जानकारी दिएका थिए ।

अधिकारीहरुले यस वार्तामा मलेशियाका लागि अमेरिकी र चिनियाँ राजदूतले पर्यवेक्षकको भूमिका निर्वाह गर्ने पुष्टि गरेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १ : ४१ बजे

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप