सभापति देउवाद्वारा थानीको निधनप्रति दुःख व्यक्त « Khabarhub

सभापति देउवाद्वारा थानीको निधनप्रति दुःख व्यक्त


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देवी थानीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा सदस्य हृदयराम थानी र नेपाल निजामती कर्मचारी युनियनका पूर्वकेन्द्रीय अध्यक्ष भवानी थानीकी ममतामयी माता तथा सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) का पूर्वकेन्द्रीय अध्यक्ष उमेशप्रसाद थानीकी हजुरआमा थानीको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

थानीको आइतबार राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय थानीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ । थानीको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको विज्ञप्तिमा उल्लेख छ । 

सभापति देउवाले थानीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीरशान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । 

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ३ : २४ बजे

सुकुम्वासीमाथि सरकारी व्यवहारप्रति दयाहाङको असन्तुष्टि : गरिबी पो लुकाउन सकिँदोरहेनछ

काठमाडौं- मिसाइल र बम हानिएको शैलीमा सरकारले सुकुम्वासी बस्तीहरू ध्वस्त

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन– स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको 

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौं– गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका संरचना खाली

वितरकसँगको ५० लाख विवादमा बोले भुवन, भन्छन् – चुक्ता गर्छु 

काठमाडौं – वितरकसँगको आर्थिक कारोबारको विवादबारे नायक भुवन केसीले मुख

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

काठमाडौं- आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को