भीमेश्वरका भेंडाबाख्रामा महामारी पीपीआरको संक्रमण पुष्टि « Khabarhub

भीमेश्वरका भेंडाबाख्रामा महामारी पीपीआरको संक्रमण पुष्टि


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

दोलखा-भीमेश्वर नगरपालिका-१, देउरालीमा कृषकहरुले पालेका भेंडाबाख्रामा महामारी रोग पीपीआर संक्रमण पुष्टि भएको छ।

पशु सेवा कार्यालय दोलखामा रेपिड टेस्ट गर्दा रिपोर्ट पोजिटिभ आएको र पोष्टमाटम गर्दा पीपीआरसँग मिल्दो जुल्दो भएको हुँदा केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला मा नमूना पठाए को र रिपोर्ट पोजिटिभ आएपछि कार्यालयले प्रभावित क्षेत्र आसपासमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । 

भेंडाबाख्रामा सर्ने यो महामारी रोग पुष्टि भएपछि रोगको रोकथाम तथा नियन्त्रणका लागि पशु सेवा कार्यालयले आवश्यक कदमहरू चालेको कार्यालयका पशु प्राविधिक प्रकाश थापाले जानकारी दिए । 

कार्यालयले जारी गरेको सूचनाअनुसार रोग देखिएको क्षेत्रबाट भेंडाबाख्रा ओसारपसार गर्न नपाइने र अति आवश्यक परेमा मात्र पशु चिकित्सकको सिफारिसमा अनुमति दिइने व्यवस्था गरिएको छ । 

रोगको संक्रमण फैलिन नदिनका लागि प्रभावित क्षेत्रलाई कम्तीमा ९ देखि २१ दिनसम्म ‘क्वारेन्टाइन’मा राखिनेछ। साथै रोग देखिएको स्थान वरिपरि ‘रिङ भ्याक्सिनेसन कार्यक्रम सञ्चालन गरिने पशु स्वास्थ्य प्राविधिक थापाले बताए । 

भेंडाबाख्रामा पीपीआरको लक्षण देखिएमा तत्काल स्थानीय पशु सेवा शाखा वा जिल्ला पशु सेवा कार्यालयमा जानकारी दिन कार्यालयले अनुरोध गरेको छ । 

त्यसैगरी, मरेका पशुहरूलाई सुरक्षित तरिकाले नष्ट गर्न, संक्रमित पशुलाई अन्य पशुसँग सम्पर्कमा आउन नदिन र प्रयोग भएका सामग्रीहरू डिसइन्फेक्ट गर्न पनि पशुसेवा कार्यालयले आग्रह गरेको छ । पीपीआर रोग संक्रमित पशुसँगको प्रत्यक्ष सम्पर्क, दूषित मान्छे, सामग्री, घाँस, पानी तथा वातावरणबाट सर्ने गर्छ । 

रोग लागेका भेंडाबाख्रामा उच्च ज्वरो ९१०४-१०५ डिग्री फारेनहाइट, नाक र आँखाबाट पानी बग्ने, मुखभित्र घाउ आउने, आँखामा रातोपन देखिने, कालो दिसा हुने, खोकी लाग्ने र अत्यधिक पखाला लागेर शरीर डिहाइड्रेसन हुनेजस्ता लक्षण देखिन्छन् । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ४ : ०४ बजे

होल्डिङ सेन्टरका बालबालिकालाई विद्यालय जाने व्यवस्था मिलाउन सांसद आशिकाको आग्रह

काठमाडौं– रास्वपाकी सांसद आशिका तामाङले कीर्तिपुरस्थित सुकुम्वासी होल्डिङ सेल्टरमा आधारभूत

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं– काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा सरकारी

सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्य : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन,

सात तले घरको खोलातर्फको भाग भत्काएर फर्कियो डोजर (तस्बिरहरू) 

काठमाडौं– अनामनगरस्थित सात तले घरमा चलेको डोजर पुरा घर नभत्काई

धोबिखोला मिचेर बनाइएको ७ तल्ले घर भत्काउन सुरु

काठमाडौं- सरकारले काठमाडौंको अनामनगरस्थित धोबीखोला मिचेर बनाइएको ७ तले घर