लागूअ‍ौषध मुद्दाका फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

लागूअ‍ौषध मुद्दाका फरार प्रतिवादी पक्राउ


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– लागूऔषध (ब्राउन सुगर)मुद्दामा कैद सजाय फैसला भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अदालतबाट १५ वर्ष कैद र पाँच लाख जरिवाना फैसला तोकिएका लक्ष्मण सापकोटालाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

वीरेन्द्रनगर–६ सुर्खेत घर भएका ४२ वर्षीय सापकोटालाई उच्च अदालत तुलसीपुर दाङले ५ असार २०८० मा कैद र जरिवाना फैसला गरेको थियो । फैसला लगत्तै फरार सूचीमा रहेका सापकोटालाई प्रहरीको विशेष टोलीले वीरेन्द्रनगरको खजुरा क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढथापाले बताए । 

सापकोटालाई प्रहरीले लामो समयदेखि निगरानीमा राख्दै आएको थियो । उनी प्रायः भारतमा बस्ने र कहिले पूर्वी नेपालका विभिन्न जिल्लामा लुक्दै आएकाले उच्च निगरानीमा राखेर पक्राउ गर्न सफल भएको प्रवक्ता बुढथापाले बताए ।

फैसला कार्यान्वयनको लागि पक्राउ परेका सापकोटालाई सोमबार सुर्खेत जिल्ला अदालतमा पेस गरेर कैद सजाय भुक्तानका लागि कारागार कार्यालय सुर्खेत पठाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ६ : ४८ बजे

नागपूजा माटो र मौसमी सन्तुलनको प्रतीक : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती

अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक आज

थारु समुदायले आज मौलिक पर्व ‘गुरही’ मनाउँदै

कैलाली– थारु समुदायले आज (मंगलबार) ‘गुरही’ पर्व उल्लासपूर्वक मनाउँदै छन्

गाजामा नरसंहार भएको इजरायली मानव अधिकार संगठनकै निष्कर्ष

गाजा – इजरायलका दुई मानव अधिकारवाद सङ्गठनले गाजमा नरसंहार भएको

आज विश्व बाघ दिवस मनाइँदै, सबैभन्दा बढी बाघ भारतमा

काठमाडौं– आज (मंगलबार) विश्व बाघ दिवस मनाइँदै छ । पाटेबाघ