लागूअ‍ौषध मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

लागूअ‍ौषध मुद्दाका फरार प्रतिवादी पक्राउ


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– लागूऔषध (ब्राउन सुगर)मुद्दामा कैद सजाय फैसला भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अदालतबाट १५ वर्ष कैद र पाँच लाख जरिवाना फैसला तोकिएका लक्ष्मण सापकोटालाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

वीरेन्द्रनगर–६ सुर्खेत घर भएका ४२ वर्षीय सापकोटालाई उच्च अदालत तुलसीपुर दाङले ५ असार २०८० मा कैद र जरिवाना फैसला गरेको थियो । फैसला लगत्तै फरार सूचीमा रहेका सापकोटालाई प्रहरीको विशेष टोलीले वीरेन्द्रनगरको खजुरा क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढथापाले बताए । 

सापकोटालाई प्रहरीले लामो समयदेखि निगरानीमा राख्दै आएको थियो । उनी प्रायः भारतमा बस्ने र कहिले पूर्वी नेपालका विभिन्न जिल्लामा लुक्दै आएकाले उच्च निगरानीमा राखेर पक्राउ गर्न सफल भएको प्रवक्ता बुढथापाले बताए ।

फैसला कार्यान्वयनको लागि पक्राउ परेका सापकोटालाई सोमबार सुर्खेत जिल्ला अदालतमा पेस गरेर कैद सजाय भुक्तानका लागि कारागार कार्यालय सुर्खेत पठाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ६ : ४८ बजे

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ