‘चट्ट बसम् देउरालीमा’ भन्दै राजेश र करिश्मा (भिडियो) « Khabarhub

‘चट्ट बसम् देउरालीमा’ भन्दै राजेश र करिश्मा (भिडियो)


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अभिनेता राजेश हमाल र नायिका करिश्मा मानन्धरले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ‘चट्ट बसम् देउरालीमा’ बोलको गीतमा रोमान्टिक प्रेम प्रस्तुत गरिएको छ ।

एक जमानामा सर्वाधिक रुचाइएको यो जोडीले अभिनय गरेको यो गीत दर्शकले रुचाएका छन् । भिडियोले राजेश र करिश्माको पुरानो कामलाई समेत स्मरण गराउने गरी नाटकीय कथा प्रस्तुत गरिएको छ ।

गीतमा दीपक शर्माका शब्द तथा संगीत रहेको छ भने मेलिना राई र भीम चापागाईंको स्वर सुन्न सकिन्छ । यस्तै गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् ।

यसैगरी म्युजिक भिडियोमा देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन, अच्युत बजगाईंको सम्पादन तथा उत्सव दाहालको छायांकन छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ११ : ५५ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान