राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा एक महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण « Khabarhub

राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा एक महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले एक महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ ।  

एक महिनामा यति ठूलो संख्यामा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण हुनु नेपालको स्वास्थ्य क्षेत्रको लागि ठूलो उपलब्धि भएको अस्पतालका कार्यकारी निर्देशक तथा मिर्गौला र कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.पुकारचन्द्र श्रेष्ठले बताए । 

आर्थिक वर्ष २०८१ ८२ मा केन्द्रले १८६ जनाको मिर्गौला र ८ जनाको कलेजो सफलतापूर्वक प्रत्यारोपण गरेको जनाएको छ । 

विभिन्न प्रदेशबाट मिर्गौला आएका बिरामीको उमेर संख्या १४ देखि ७१ रहेको र सफलतापूर्वक मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको अस्पतालले जानकारी दिएको छ । 

उक्त आर्थिक वर्षमा नै केन्द्रले एक मस्तिष्क मृत्यु भएका युवकको मिर्गौला र कलेजो २ व्यक्तिमा सफलतापूर्वक मिर्गौला र कलेजो प्रत्यारोपणसमेत गरेको थियो ।

स्थापना भएको १३ वर्षमा राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म १४७१ जनाको मिर्गौला र ३४ जनाको कलेजो प्रत्यारोपण भएको छ । 

केन्द्रकै अगुवाइमा आर्थिक वर्ष २०८१ ८२ मा प्रादेशिक अस्पताल सुर्खेतमा ३, पोखरामा ३ र भेरी अस्पतालमा २ जनाको मिर्गौला प्रत्यारोपण भएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ११ : ०७ बजे

केही पहाडी भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वार्ता चलिरहेकै बेला इरानमा अमेरिकी सेनाको आक्रमण

वाशिङ्टन – अमेरिकी सेनाले इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण

प्रतिनिधिसभा बैठक बस्दै, मतदाता नामावली विधेयक पारित गर्ने तयारी

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

आईपीएल : आज पहिलो क्वालिफायरमा आरसिबी र गुजरात भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज पहिलो क्वालिफायरको खेल

प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित युरोपेली सङ्घ (इयू)मा आवद्ध