‘प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार समस्या समाधान गर्न वार्ता हुन्छ’ « Khabarhub

‘प्रधानमन्त्रीको भारत भ्रमणमा व्यापार समस्या समाधान गर्न वार्ता हुन्छ’


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणका क्रममा व्यापार क्षेत्रमा देखिएका समस्या समाधानका लागि उच्च तहमा वार्ता गर्नेगरी तयारी भइरहेको बताएका छन्
    
‘नेपाल फ्रेट फरवार्डस् एसोसिएसन’ले ३१औँ कार्गो दिवसका अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले व्यापार समस्या समाधानका विषयमा  प्रधानमन्त्री ओलीलाई जानकारी गराउनेगरी मन्त्रालयको कार्यक्रम तय भएको बताए । प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा व्यापार प्रवर्द्धनका विषयमा पनि वार्ता हुने उनले बताए। नेपालको पहिलो बजार छिमेकी देश भारत र चीन भएकाले दुवै देशबीच हुने व्यापार समस्या समाधान गर्न सरकारले काम गर्ने उहाँले प्रतिबद्धता जनाए ।
 
दुवै देशबीच व्यापारको स्तरवृद्धि हुनेगरि काम गर्न मन्त्रालयले पहल गरिरहेको मन्त्री भण्डारीले बताए। अरूका वस्तु खरिद गरेर मात्र व्यापार नहुने उल्लेख गर्दै उनले आफ्नो देशका उत्पादन विदेशमा निर्यात गरेर बिक्री बढाउने वातावरण बनाउने गरी काम भइरहेको बताए। 

महालेखा नियन्त्रक शोभाकान्त पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे, आयोजक संस्थाका अध्यक्ष राजेन्द्र सङ्ग्रौलालगायतले नेपालले अन्य देशसँग गरिरहेको व्यापार प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ३ : ३१ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल

होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा

तेहरान– इरानका सेना प्रवक्ता मोहम्मद अक्रमिनियाले शनिबार दिएको अभिव्यक्तिमा देशका

सरकारले हटाइएका सुकुम्वासीको जग्गा खोज्न थाल्यो

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना

स्रोत नखुलेको २७ लाखसहित दुई पक्राउ

मोरङ– स्रोत नखुलेको २६ लाख ९८ हजार रुपैयाँसहित एक भारतीय

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

मन्थली– रामेछापको मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी