तीन हजार २ विन्दुमा नेप्से, १८ अर्ब बढीको भयो कारोबार « Khabarhub

तीन हजार २ विन्दुमा नेप्से, १८ अर्ब बढीको भयो कारोबार


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३००२.०७ विन्दुमा पुगेको छ ।

आज १८ अर्ब ५२ करोड ९३ लाख २२ हजारको शेयर कारोबार हुँदा ३०.७६ अंकले नेप्से बढेको हो । आज परिसूचक बढेसँग १.०३ प्रतिशतले नेप्सेको पुँजीकरणमा वृद्धि भएको छ ।

मंगलबारको कारोबारमा १७६ वटा कम्पनीको शेयर मूल्य वृद्धि भयो भने ७४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । त्यस्तै, आजको कारोबारमा मुक्तिनाथ कृषि कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने समता घरेलु लघुवित्तको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

मंगलबार नेप्सेमा विकास बैंक, वित्त र व्यापार बाहेक सबै समूहको उपसूचक सकारात्मक रह्यो ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ३ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै