सन्तान जन्माउने चिनियाँ दम्पत्तिले पैसा पाउने « Khabarhub

सन्तान जन्माउने चिनियाँ दम्पत्तिले पैसा पाउने


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको जन्मदर पछिल्लो समय निरन्तर घट्दै गइरहेको छ । यस्तो अवस्थामा जनसङ्ख्या बढाउन चीनले नयाँ जुक्ति निकालेको छ ।

चीन सरकारले सन्तान जन्माउने दम्पत्तिलाई हरेक वर्ष ३ हजार ६ सय युआन अर्थात् ५ सय डलर दिने योजना अघि सारेको छ । बीबीसीका अनुसार सन्तान जन्माउने दम्पत्तिलाई बच्चा तीन वर्षको हुँदासम्म उक्त रकम प्रदान गरिनेछ ।

यस योजनाले चीनका २ करोड परिवार लाभान्वित हुनेछन् । चीनका विभिन्न प्रान्तहरुले यस कार्यक्रमलाई अघि बढाइसकेका छन् ।

सोमबार घोषणा गरिएको यस कार्यक्रमअन्तर्गत हरेक सन्तानले १० हजार ८ सय युआनसम्म प्राप्त गर्नेछन् । सन् २०२२ देखि सन् २०२४ सम्म जन्मेका बच्चाका लागि पनि यस कार्यक्रममा आवेदन दिन सकिने बीबीसीले उल्लेख गरेको छ ।

जन्मदर घट्दै जाँदा चीन सरकारले झण्डै एक दशकअघि विवादास्पद एक सन्तान नीति खारेज गरेको थियो । गत मार्च महिनामा उत्तरी चीनको भित्री मङ्गोलिया क्षेत्रको होहोट शहरमा कम्तीमा तीन सन्तान भएका परिवारले प्रत्येक सन्तानका लागि जनही १ लाख युआन प्रदान गर्ने घोषणा गरिएको थियो ।

त्यसैगरी, उत्तरपूर्वी चीनको शेन्याङ शहरले हरेक परिवारमा जन्मेको तेस्रो सन्तानका लागि बच्चा तीन वर्ष हुन्जेलसम्म ५ सय युआन प्रतिमहिना दिने घोषणा गरेको थियो ।

गत सातामात्रै चीन सरकारले स्थानीय निकायहरुलाई विद्यालयपूर्वको शिक्षा निःशुल्क बनाउने योजनाको मस्यौदा ल्याउन आग्रह गरेको थियो ।

चीनमा आधारित युवा जनसङ्ख्या अनुसन्धान प्रतिष्ठानका अनुसार बच्चा हुर्काउनका लागि चीन संसारकै सबैभन्दा महङ्गो मुलुक हो । १७ वर्षसम्म बच्चा हुर्काउन चीनमा औसत ७५ हजार ७ सय अमेरिकी डलर खर्च हुने गरेको छ ।

सन् २०२४ मा चीनमा ९५ लाख ४० हजार बच्चा जन्मेका थिए । सन् २०१६ को तुलनामा यो झण्डै आधाले कम हो ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ५ : १९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया