रूसमा आएको भूकम्पले अमेरिका र जापानसहित कयौँ देशमा असर, तटीय क्षेत्रमा तीन मिटर अग्लो सुनामी « Khabarhub

रूसमा आएको भूकम्पले अमेरिका र जापानसहित कयौँ देशमा असर, तटीय क्षेत्रमा तीन मिटर अग्लो सुनामी


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

मस्को- रूसको पूर्वी क्षेत्र कामचाट्का प्रायद्वीपमा बुधबार बिहान शक्तिशाली ८.८ म्याग्निच्युडको भूकम्प आएको छ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) का अनुसार नेपाली समय अनुसार भूकम्प बिहान ४:५४ बजे आएको हो । जसको केन्द्र सतहदेखि १९.३ किलोमिटर गहिराइमा थियो। यो विश्वकै छैटौँ सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक हो।

भूकम्पपछि कामचाट्कामा चार मिटरसम्मको सुनामी आएको छ, जसका कारण धेरै भवनहरूमा क्षति पुगेको छ।

कामचाट्काका गभर्नर भ्लादिमिर सोलोदोभले भिडियो सन्देशमार्फत बताए अनुसार भूकम्प दशकौँयताकै सबैभन्दा शक्तिशाली हो।

भूकम्पपछि आएको सुनामीका कारण जापानमा पनि असर परेको छ । जापानी प्रसारण संस्था एनएचकेकाअनुसार देशको पूर्वी तटमा १ फिट अग्ला सुनामीका लहरहरू पुगेका छन्।

जापान सरकारले लगभग २० लाख मानिसलाई सुरक्षित स्थानमा सार्न आदेश दिएको छ। फुकुशिमा परमाणु रिएक्टर पनि खाली गराइएको छ।

अमेरिकाको हवाईस्थित हनाली खाडीमा पानीको सतह एक्कासि घट्न थालेको छ, जुन सुनामी आउनुअघि देखिने संकेत हो।

इक्वाडोर र रूसको तटीय इलाकामा ३ मिटर (१० फिट) सम्म अग्ला लहरको चेतावनी जारी गरिएको छ।

पेरु, इक्वाडोर र चीनकाका तटीय क्षेत्रहरूमा पनि सतर्कता जारी गरिएको छ।

अष्ट्रेलिया, मेक्सिको, न्यूजील्याण्ड, टोङ्गा, ताइवान लगायतका देशहरूमा १ मिटर अग्ला लहरहरू आउने सम्भावना छ।

अमेरकी भूगर्भीय सर्वेक्षणका अनुसार यो भूकम्प इतिहासकै छैटौँ सबैभन्दा ठूलो हो।

यसअघि सन् २०१० मा चिलीमा र सन् १९०६ मा इक्वाडोरमा यस्तै ८.८ म्याग्निच्युडका भूकम्प आएका थिए। चिलीको भूकम्पमा ५२३ जनाको ज्यान गएको थियो । इक्वाडोरको भूकम्पले १५०० जनाको ज्यान लिएको थियो।

कामचाट्कामै सन् १९५२ मा ९ म्याग्निच्युडको भूकम्प आएको थियो, जसलाई इतिहासकै पहिलो ९ म्याग्निच्यूडको भूकम्पका रूपमा लिइन्छ। त्यो भूकम्पले विशाल सुनामी ल्याउँदै हवाईमा ठूलो क्षति पुर्‍याएको थियो।

अहिले जापानको होक्काइडो, कानागावा, वाकायामा लगायतका क्षेत्रमा सर्वाधिक असर देखिएको छ। सुनामीका कारण फेरी सेवा र हवाइ यातायातमा बाधा पुगेको छ। टोकियो नजिकैको सेनदाई अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  १२ : ०५ बजे

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले

जनआक्रोसलाई सम्बोधन गर्न विशेष अधिवेशन बोलाइएको हो : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न

कांग्रेसको विशेष महाधिवेशन : सोमबार बिहान १० बजेदेखि बन्दसत्र सुरू हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान