रूसी भूकम्पको असर विश्वभर, यी हुन् यसअघि संसार हल्लाउने पाँच ठूला कम्पन « Khabarhub

रूसी भूकम्पको असर विश्वभर, यी हुन् यसअघि संसार हल्लाउने पाँच ठूला कम्पन


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

मस्को- रूसको पूर्वी प्रायद्वीप कामचाट्कामा आएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पलाई भूगर्भ वैज्ञानिकहरूले विश्वकै छैटौं शक्तिशाली भनेका छन् ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) का अनुसार नेपाली समय अनुसार भूकम्प बिहान ४:५४ बजे आएको हो । जसको केन्द्र सतहदेखि १९.३ किलोमिटर गहिराइमा थियो। यो विश्वकै छैटौँ सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक रहेको युएसजीएसले जनाएको छ ।

भूकम्पपछि कामचाट्कामा चार मिटरसम्मको सुनामी आएको छ, जसका कारण धेरै भवनहरूमा क्षति पुगेको छ।

कामचाट्काका गभर्नर भ्लादिमिर सोलोदोभले भिडियो सन्देशमार्फत बताए अनुसार भूकम्प दशकौँयताकै सबैभन्दा शक्तिशाली हो।

भूकम्पपछि आएको सुनामीका कारण जापानमा पनि असर परेको छ । जापानी प्रसारण संस्था एनएचकेकाअनुसार देशको पूर्वी तटमा १ फिट अग्ला सुनामीका लहरहरू पुगेका छन्।

भूकम्पपछि सुनामीको जोखिम बढेपछि जापान, अमेरिका, पेरु, इक्वाडोर, चीनलगायत देशहरूमा उच्च सतर्कता जारी गरिएको छ। जापानमा २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

इतिहासका पाँच शक्तिशाली भूकम्प

१. चिली, सन् १९६०

स्थान: भल्डिभिया, चिली

क्षमता : ९.५ म्याग्निच्यूड (इतिहासकै सबैभन्दा ठूलो)

मृतक: करिब १७ सय जना

सुनामी लहर : हवाई, जापान र फिलिपिन्ससम्म

आर्थिक र भौतिक क्षति: ५५० मिलियन डलर भन्दा धेरै

भूकम्पपछि सुनामीका लहर २५ मिटरभन्दा अग्ला थिए।

२. इण्डोनेसिया, सन् २००४

स्थान: सुमात्रा टापु

क्षमता : ९.१-९.३ म्याग्निच्युड

मृतक: ३ लाखभन्दा बढी (१४ देशमा)

सुनामी : हिन्द महासागरभर

इतिहासकै सबैभन्दा घातक सुनामी

३. जापान, सन् २०११

स्थान : टोहोकु क्षेत्र, उत्तरपूर्वी जापान

क्षमता : ९ म्याग्निच्युड

मृतक : १५ हजार ५५० भन्दा धेरै

सुनामी : फुकुशिमा परमाणु दुर्घटनासहित ठूल क्षति

आर्थिक क्षति: ३६० अर्ब डलर

जापानको इतिहासकै सबैभन्दा महँगो प्राकृतितक बिपद्

४. रूस (कामचाट्का), १९५२

क्षमता : ९ म्याग्निच्युड

क्षति : हवाईमा सुनामीबाट अर्बौँको क्षति

इतिहासमा पहिलो पटक ९ म्याग्निच्युड मापन भएको भूकम्प

५. चिली, सन् २०१०

स्थान : बायोबियो क्षेत्र

क्षमता : ८.८ म्याग्निच्युड

मृतक : ५२३ भन्दा धेरै

घरबारविहीन: ३ लाख ७० हजारभन्दा बढी परिवार

सुनामी लहर : प्रशान्त महासागरभर असर

६. इक्वाडोर, सन् १९०६ (समकक्ष भूकम्प)

स्थान : एस्मेराल्डास

क्षमता: ८.८ म्याग्निच्युड

मृतक: १५०० भन्दा धेरै

सुनामी : अमेरिका (सान फ्रान्सिस्को)सम्म

शक्तिशाली र विनाशकारी

विज्ञहरूका अनुसार रुसको कामचाट्कामा आएको भूकम्पले सुमुद्री सतहमा ठूलो असर पारेको छ ।

जसका कारण आगामी दिनमा अझै ठूला सुनामी लहरहरू आउने सम्भावना छ। जापान, हवाई, इक्वाडोर, पेरु र चीनका केही तटीय क्षेत्रहरूमा स्थानीय प्रशासन सतर्क अवस्थामा छन् ।

कामचाट्कामा आएको भूकम्पले पृथ्वीका विभिन्न भू-भागमा असर पारेको छ। यसले प्रशान्त महासागरीय क्षेत्रका दर्जनौँ देशमा त्रासको अवस्था सिर्जना गरेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  १२ : ३३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर