सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन एमालेको ह्वीप « Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन एमालेको ह्वीप


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । बुधबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको छ ।

प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले सबै प्रदेश सभा सदस्यलाई अनिवार्य बैठकमा उपस्थित भएर मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको जानकारी दिए । उनका अनुसार प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय लिएको हो ।

मुख्यमन्त्री शाहले बिहीबार साँझ ५ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका थिए ।

मन्त्री बर्खास्त गरेपछि नाउपाले सरकारलाई दिएको फिर्ता लिएको सन्दर्भमा मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । कांग्रेस संसदीय दलको सोमबार बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत लिन ह्वीप जारी गरिसकेको छ ।

५२ सदस्यीय (एक जना निलम्बन बाहेक) सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ जनाको समर्थन चाहिन्छ । अहिले शाहसँग एमालेका ११ र कांग्रेसका १८ गरेर २९ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ ।

विपक्षमा नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ३, एक-एक राप्रपा र स्वतन्त्र गरेर २२ मत रहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ६ : २० बजे

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद