हुम्लाको चङ्खेलीमा अज्ञात रोगले ३० भन्दा बढी पशु मरे « Khabarhub

हुम्लाको चङ्खेलीमा अज्ञात रोगले ३० भन्दा बढी पशु मरे


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

हुम्ला– एक सातादेखि फैलिएको अज्ञात रोगका कारण हुम्लाको चङ्खेली गाउँपालिकामा ३० भन्दा बढी पशु मरेका छन् । गाउँपालिका– ६ स्थित रामालेख खडिन्याखाडा खर्कमा राखिएका पशु मरेका हुन् ।

अचानक पशुको पेट र छाती सुन्निने, दिसा गर्न नसक्ने, घाँस नखाने, र्‍याल काड्ने रोगले हालसम्म एक भैँसी, एक कुकुर, १५ वटा गाई तथा १४ वटा गोरु मरेको स्थानीय हरिबहादुर शाहीले जानकारी दिए ।

यही साउन ८ गतेपछि फैलिएको उक्त रोगले हालसम्म मासिधारालगायत क्षेत्रमा कृषकका ३० भन्दा बढी पशु मरेपछि ठूलो क्षति पुगेको छ ।

अधिकांश पशु जङ्गलतिर खर्क रहेकाले अन्य पशुबारे यकिन विवरण आउन बाँकी छ । खर्कमा समेत अझै एक भैँसी बिरामी भएपछि पालमा राखिएको छ भने अन्य गाईगोरुसमेत थला परेका छन् । अज्ञात रोगको महामारीका कारण पशु मर्न थालेपछि खर्क क्षेत्रको जङ्गल गन्हाउने भएको छ ।

सोही खर्कमा मात्रै नभई विभिन्न गाउँका खर्कमा १०० भन्दा बढी पशु अझै बिरामी परेका स्थानीयले जनाएका छन् । गाउँपालिकाको पशु शाखामा औषधिका लागि गए पनि त्यहाँ पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको शाहीले गुनासो गरे ।

यहाँ हिउँदका लागि पशुलाई घाँस सङ्कलन, बर्खेबालीको संरक्षण र गर्मीमा हुने रोग छल्नका लागि पशुवस्तु खर्कमा लैजाने प्रचलन छ । (रासस)

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ७ : ३७ बजे

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ