परराष्ट्रमन्त्रीले भनिन्- बोली, आचरण र व्यवहार पार्टीलाई कसरी सुदृढ बनाउने भन्ने हुनुपर्छ | Khabarhub Khabarhub

परराष्ट्रमन्त्रीले भनिन्- बोली, आचरण र व्यवहार पार्टीलाई कसरी सुदृढ बनाउने भन्ने हुनुपर्छ


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले व्यक्तिगत कुरालाई लिएर पार्टी सङ्गठनभित्र असमझदारी बढाउन हुँदैन भनेकी छन् । 

नेपाली कांग्रेस कास्कीद्वारा बिहीबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी सङ्गठनभित्र एक आपसमा स्वच्छ प्रतिस्पर्धा हुने भए पनि यही प्रतिस्पर्धाका कारण पार्टीलाई विभाजित गराउन नहुने बताइन् । 

उनले भनिन्, ‘पार्टी व्यक्तिगत महत्वकांक्षा पूरा गर्ने ठाउँ होइन, यो राष्ट्र र समाजका लागि योगदान गर्ने थलो हो ।’

कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायत नेताहरूको अतुलनीय योगदानका कारण पार्टी यस स्थानमा आइपुगेको जनाउँदै केन्द्रीय सदस्य देउवाले उनीहरूका मार्ग निर्देशलाई आत्मसाथ गर्दै अघि बढ्न जरुरी छ भनिन् । 

‘उहाँहरूले धेरै ठूलो योगदान गर्नुभएको छ उहाँहरूले देखाउनुभएको मार्गदर्शनमा कांग्रेस पार्टी हिँड्नु एकदमै जरुरी छ’, उनले भनिन्, ‘हामी हरेकको बोली, आचरण, व्यवहारमा पार्टीलाई कसरी बलियो बनाउने भन्ने भयो भने पार्टी बलियो बन्छ ।’

आसन्न पार्टीको १५औँ महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा हुने भए पनि कसैलाई काखा र कसैलाई पाखा नलगाई एक ढिक्का भएर  पार्टी झन् बलियो र सुदृढ हुने विश्वास व्यक्त गरिन् । 

नयाँ दलले समाजिक सञ्जालको अधिकतम प्रयोग गरिरहेको प्रसङ्ग उल्लेख गर्दै डा देउवाले कांग्रेसले सकारात्मक ऊर्जा प्रवाह गर्ने गरी सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्नु जरुरी भएको धारणा राखे ।

पछिल्ला समयमा ‘देशमा केही भएको छैन‘ भन्ने नकारात्मक भाष्यलाई बढी प्रचार गर्न खोजिएको जनाउँदै उनले युवा पलायनलाई रोक्दै सकारात्मक सन्देश प्रवाहका साथ देशमा नै रहने र केही गर्ने किसिमले अघि बढ्नु हामी सबैको दायित्व भएको बताइन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले स्थापनाकालीन राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल्य मान्यतालाई भुल्न नहुने बताए । 

गुट गुटमा विभाजित नभै पार्टीलाई एकताबद्ध बनाएर लैजानु अपरिहार्य भएको उनको भनाइ छ ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेस राष्ट्रका जस्तासुकै चुनौतीलाई समाधान गर्दै अघि बढ्न सक्ने पार्टी भएको बताए ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  १२ : २९ बजे

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरको आत्मियताले समृद्ध बनेको छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र

आयआर्जनमा जोडिदैं युवा, सस्तो लगानीमा खोले ‘नल पराल’ खाजा घर

धनगढी – देशमा बढ्दो बेरोजगारी र युवाहरूको विदेश पलायन अहिलेको