शंकर पोखरेल भन्छन्- जमिन बाँझै छाडेर युवा विदेशिने अवस्था बदल्नुपर्छ | Khabarhub Khabarhub

शंकर पोखरेल भन्छन्- जमिन बाँझै छाडेर युवा विदेशिने अवस्था बदल्नुपर्छ


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ पुस्तालाई कृषि पेसामा संलग्न गराउनु पर्ने बताएका छन् । 

राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित एक महिने बृहत् रक्तदान अभियानको बिहीबार शुभारम्भ गर्दै खीर खाने कार्यक्रममा समेत सहभागी भइ उहाँले कृषि क्षेत्रको रूपान्तरण गर्न नसकेमा  देशको विकास हुन नसक्ने बताए।

‘जमिन बाँझै रहने, युवा रोजगारीको खोजीमा विदेश जाने अवस्थालाई बदल्ने संकल्प हामीले गर्नुपर्दछ, नेपालमा ठुलो सङ्ख्यामा युवालाई रोजगारीमा समेट्ने कृषि क्षेत्र नै हो’, उनले भने। 

महासचिव पोखरेलले कृषि पेसालाई व्यावसायिक रुपमा विस्तार गर्न नसक्दा नयाँ पुस्ता कृषि कर्ममा जोडिन नसकेको बताए । त्यसैले अब नयाँ पुस्तालाई कृषिमा संलग्न गराउने विषय युवा आन्दोलनको साझा विषय बन्नुपर्नेमा उनले जोड दिए। 

युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवालाई कृषिमा संलग्न गराउन सङ्घले योजना बनाएको बताए।
 

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  १२ : ५८ बजे

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरको आत्मियताले समृद्ध बनेको छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र

आयआर्जनमा जोडिदैं युवा, सस्तो लगानीमा खोले ‘नल पराल’ खाजा घर

धनगढी – देशमा बढ्दो बेरोजगारी र युवाहरूको विदेश पलायन अहिलेको