रञ्जितालाई निकाल्ने निर्णयपछि रेशमले भेटे देउवालाई « Khabarhub

रञ्जितालाई निकाल्ने निर्णयपछि रेशमले भेटे देउवालाई


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला उनले बिहीबार बूढानीलकण्ठ गएर कांग्रेस सभापति देउवासँग भेटघाट गरेका हुन् ।

चौधरीले सभापति देउवासँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा साझा गरेका छन् । उनले लेखेका छन्, ‘ राजनैतिक महत्वपूर्ण छलफल ।’

रेशमले बुधबार मात्रै प्रथम राष्ट्रिय भेलामार्फत् अध्यक्ष एवम् पत्नी रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाल्ने निर्णय गरेका थिए ।

नागरिक उन्मुक्तिले यसअघि नै सुदूरपश्चिम प्रदेश सरकार छाडिसकेको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाह विश्वासको मत परीक्षण तयारीमा रहेका बेला रेशमले कांग्रेस सभापतिलाई भेटेका हुन् ।

मुख्यमन्त्री शाहले बिहीबार अपराह्न प्रदेशसभामा विश्वासको मत लिने तयारी गरिरहेका छन् ।
 

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ३ : ४१ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)