रञ्जिताले दलका नेता गंगारामलाई सोधिन् स्पष्टीकरण  « Khabarhub

रञ्जिताले दलका नेता गंगारामलाई सोधिन् स्पष्टीकरण 


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा)को प्रथम राष्ट्रिय भेलाबाट साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन् । 

आफूमाथि कारबाही भएको दोस्रो दिन श्रेष्ठले बिहीबार विधानविपरीत बैठकको अध्यक्षता गरी केन्द्रीय समितिको बैठक बोलाएको भन्दै स्पष्टीकरण सोधेकी हुन् । उनले चौधरीलाई पत्र प्राप्त भएको २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न भनेकी छन् । 

श्रेष्ठले आफ्नो अनुपस्थितिमा बिना कुनै जानकारी विधानविपरीत दलका नेता चौधरीले साउन ३, साउन ९ र साउन ११ गते पार्टीको अन्तरिम विधान, २०७८ ले दिएको अधिकार भन्दा बाहिर गएर बैठक बसी गैरकानुनी निर्णयहरू गरेको पाइएको स्पष्टीकरण पत्रमा लेखेकी छन् । 

उनले दलका नेता चौधरीलाई सोधेको स्पष्टीकरण पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ४ : ०८ बजे

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर