ऐतिहासिक सौग हिटी: सफाइ (तस्बिरहरू) | Khabarhub Khabarhub

ऐतिहासिक सौग हिटी: सफाइ (तस्बिरहरू)


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १६औँ शताब्दीको ऐतिहासिक सौग हिटीलाई संरक्षण गर्ने उद्देश्यले बिहीबार मंगलबजारमा सफाइ अभियान सम्पन्न भएको छ ।

रोटरी क्लब अफ न्यतपोलाको नेतृत्वमा आयोजित यो कार्यक्रममा ललितपुर महानगरपालिका, ललितपुर महानगर प्रहरी, सौगल टोल सुधार समिति, र मंगलबजार प्रहरी चौकीको सक्रिय सहकार्य रहेको थियो ।

सिद्धि नरसिंह मल्लका भाइ ऋद्धि नरसिंह मल्लद्वारा निर्माण गरिएको यो हिटी केवल पानीको स्रोत होइन, ललितपुरको सांस्कृतिक सम्पदाको ज्वलन्त प्रतीक हो ।

कार्यक्रम संयोजक रोटेरियन प्रवीण महर्जनले चरणबद्ध रूपमा भएको सफाइ प्रक्रिया बारे जानकारी दिँदै भने, ‘पहिलो चरणमा पानी हटाउने काम गरियो, त्यसपछि खाँक्सी प्रयोग गरेर सफाइ, त्यसपश्चात् पानी पम्पले पखाल्ने, अनि अन्तमा वातावरणमैत्री रंगले सजावट गरियो ।’

कार्यक्रमपछि सहभागीहरूलाई खीर र आलु परिकारसहित भोजन गराइयो ।

क्लब अध्यक्ष रोटेरियन विष्णुकान्त घिमिरेले कार्यक्रममा सम्बोधन गर्दै भने, ‘यस वर्ष हामी सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड दिनेछौँ। यो हिटी सफाइ त्यसैको सुरुआत हो। हामी आगामी दिनमा अझ धेरै यस्ता कार्यक्रम ल्याउनेछौँ।’

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ६ : ०५ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा