सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत, नागरिक उन्मुक्तिको पनि समर्थन  | Khabarhub Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत, नागरिक उन्मुक्तिको पनि समर्थन 


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि शाहले विश्वासको मत लिएका हुन् । 

जसका कारण विश्वासको मत लिनुपर्ने अवस्था आयो, उसै पार्टीको सांसदबाट विश्वासको मत पाएका हुन् । नाउपाकै सांसद कैलाश चौधरीले मुख्यमन्त्री शाहको पक्षमा मतदान गरेका हुन् । नाउपाका ७ सांसद छन् । तीमध्ये ६ सांसद प्रदेश सभामा उपस्थित थिएनन् । उपस्थित भएका एक सांसद चौधरीले विश्वासको मत दिएका हुन् ।

काङ्ग्रेसको १८ र नेकपा एमालेको ११ मत पनि मुख्यमन्त्रीको पक्षमा आएको छ । मत परिणाम भने घोषणा हुन बाँकी छ । नेकपा एमाले र नेपाली काँग्रेसले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन पहिले नै ह्वीप जारी गरेका थिए । 

५२ सदस्यीय (एक जना निलम्बन बाहेक) सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ जनाको समर्थन चाहिन्छ । अहिले शाहसँग एमालेका ११ र कांग्रेसका १८ गरेर २९ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ७ : ३७ बजे

छठ पर्वका लागि सजावट गरिएको पोखरी, ताल र नदी किनारमा गरियो सफाइ

काठमाडौं– सूर्य उपासना, स्नान, व्रत र भजनसङ्गीतसँग जोडिएको पर्व छठ

माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता

काठमाडौं- सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

सिरहा– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै

प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई

काठमाडौं– जेन–जी युनाइटेडका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्