चारवटा संसदीय समितिको बैठक बस्दै | Khabarhub Khabarhub

चारवटा संसदीय समितिको बैठक बस्दै


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद्मातहतका विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ । निर्धारित समयअनुसार शुक्रबार कृषि, सकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा सङ्घ तथा प्रदेशस्थित सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञ व्यक्तित्वहरूसँग छलफल गर्ने कार्यसूची छ । समितिको बैठक १२ः३० बजे समितिको आफ्नै कार्यकक्षमा बस्नेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । दिनको २ः३० बजे समितिको कार्यकक्षमा नै बैठक बस्दै छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १ः०० बजे समितिको बैठककक्षमा बस्दैछ । समितिको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षा’मा छलफल हुनेछ । 

समितिको कार्यकक्षमा बिहान ११ः०० बजे बैठक बस्नेछ ।
 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ६ : १५ बजे

अपाङ्गता भएका महिलाको क्षेत्रमा कानून सुधार गर्न कानून व्यवसायीकै माग

काठमाडौं – अपाङ्गता भएका महिला र किशोरीका सन्दर्भमा नेपालको संविधान

इरानको सुरक्षा व्यवस्थामा सुधार, ‘रक्षा परिषद्’ गठन हुने सम्भावना

तेहरान– इरानले आफ्नो नयाँ प्रशासनिक व्यवस्थाको भागको रूपमा ‘रक्षा परिषद्’

मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

धरान– सुनसरीको दुहबी नगरपालिका–२ पचिरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको

जेन्जी पुस्तालाई कांग्रेससँग जोड्न आवश्यक : शेखर कोइराला

विराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको युवा

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरु

मुगु–  हिमाली जिल्ला मुगुस्थित प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र धाममा यस वर्षको