भारतद्वारा सिरियालाई मानवीय सहायता प्रदान | Khabarhub Khabarhub

भारतद्वारा सिरियालाई मानवीय सहायता प्रदान


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले सिरियालाई मानवीय सहाता सामग्री प्रदान गरेको छ । भारतको विदेश मन्त्रालयले सिरियालाई अत्यावश्यक चिकित्सा सहायता प्रदान गरेको जनाएको छ ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै विदेश मन्त्रालयका प्रवक्ता रणजीत जयसवालले यसबारे जानकारी दिएका हुन् । उनले सिरियाली जनतालाई भारतीय मानवीय सहायता जारी रहेको उल्लेख गरेका छन् ।

उनका अनुसार भारतले पाँच मेट्रिक टन अत्यावश्यक औषधि सिरियातर्फ पठाएको हो । यसमा क्यान्सर प्रतिरोधि औषधि, एन्टिबायोटिक र एन्टि हाइपरटेन्सिभ औषधि रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भारतले द्वन्द्वग्रस्त एवम् प्राकृतिक विपदमा फसेका मुलुकहरुलाई मानवीय सहायता प्रदान गर्दै आएको छ । यसअघि भारतले ल्याटिन अमेरिकी मुलुक बोलिभियालाई ३ लाख डोज दादुरा र रुबेला खोप प्रदान गरेको थियो ।

दादुरा र रुबेला रोगको प्रकोप सामना गरिरहेको बोलिभियालाई सहयोगस्वरुप यस्तो खोप प्रदान गरिएको जयसवालले जनाएका छन् । हालै बोलिभियाका विभिन्न स्थानमा दादुराको प्रकोप देखिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ५ : ४९ बजे

ओलीलक्षित प्रचण्डको कटाक्ष : जेन-जीहरूलाई दमन र हत्या गर्नेले हाम्रो पार्टीलाई वृद्धाश्रम भनेछन्

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन-जीहरूको शान्तिपूर्ण

मानव अधिकार रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध : कानुन मन्त्री भण्डारी

विराटनगर– कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण

६ जना प्रजिअसहित ५८ सहसचिव र उपसचिवको सरुवा

काठमाडौं- सरकारले ६ जना प्रमुख जिल्ला अधिकारीसहित ५८ जना सहसचिव

देशभर १ करोड ८३ लाख मतदाता, चुनाव घोषणापछि २ लाख ९ हजार थपिए

काठमाडौं- निर्वाचन आयोगमा हालसम्म एक करोड ८३ लाख मतदाता अभिलिखत