भारतीय आक्रमणको बदला लिने पाकिस्तानी चेतावनी « Khabarhub

भारतीय आक्रमणको बदला लिने पाकिस्तानी चेतावनी


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको आक्रमणको बदला लिन पाकिस्तान तयार रहेको पाकिस्तानले चेतावनी दिएको छ । पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरैशीले पाकिस्तान शान्तिप्रिय मुलुक भएको तर पाकिस्तानले आफ्नो सीमा रक्षाका लागि जस्तोसुकै कदम चाल्न समेत तयार रहेको चेतावनी दिएका हुन् ।

भारतले हालै पाकिस्तानभित्र पसेर गरेको हवाई आक्रमण पछि प्रधानमन्त्री इमरान खानले पाकिस्तानका सुरक्षा बललाई उच्च सतर्कतामा रहन निर्देशन समेत दिएका छन् । प्रधानमन्त्री खानको अध्यक्षतामा डाकिएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि अर्थमन्त्री असद उमर तथा रक्षामन्त्री परभेज खट्टकसँग संयुक्त पत्रकार सम्मेलनका क्रममा विदेशमन्त्री कुरैशीले भारतीय आक्रमणको बदला लिन पाकिस्तान तयार रहेको समेत चेतावनी दिएका छन् ।

उनले पाकिस्तानले भारतलाई यस आक्रमणको आफूले चाहेको समय र स्थानमा जवाफ दिने चेतावनी दिए । उनले भारतले भनेजस्तो हवाई आक्रमणमा ठूलो सङ्ख्यामा संदिग्ध आतंकवादीको हताहती भएको दाबी असत्य रहेको समेत जनाए ।

‘भारतले पुनः आफूलाई फाइदा पुग्ने किसिमले झुठो दाबी गरेको छ । भारतमा आसन्न चुनावलाई लक्षित गरी गराइएको यस्ता आक्रमणले क्षेत्रीय शान्ति सुरक्षा तथा स्थीरतामा खलल पुग्छ’ विदेशमन्त्री कुरैशीले भने, ‘आक्रमण भएको भनिएको स्थान विश्वका लागि खुला छ । त्यहाँ हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियालाई लिएर जानेछौँ । त्यसपछि संसारका अगाडि वास्तविकता स्पष्ट हुनेछ ।’

पछिल्लो घटनापछि पाकिस्तानी विदेशमन्त्री, रक्षामन्त्री तथा अर्थमन्त्री सम्मिलित तीन सदस्यीय समिति गठन भएको र यो समितिले पाकिस्तानी संसद्लाई पछिल्लो घटनाबारे जानकारी गराउने बताइएको छ ।

भारतीय आक्रमणपछि प्रधानमन्त्री इमरान खानले संयुक्त अरब इमिरेट्स युएईका युवराज मोहम्मद बिन जयिद अल नहयान तथा साउदी युवराज मोहम्मद बिन सलमानसँग आक्रमणका विषयमा परामर्श गरिएको कुरैशीको भनाइ छ ।

यता सोही पत्रकार सम्मेलनमा रक्षामन्त्री परभेज खट्टकले पाकिस्तानी वायुसेनालाई उच्च सतर्कतामा राखिएको र कुनै पनि आक्रमणको जवाफ दिन पाकिस्तानी वायुसेना तयार रहेको चेतावनी दिएका छन् ।

यसअघि भारतीय वायुसेनाले पाकिस्तानको आजाद कश्मीर प्रान्तको बेलाकोटमा रहेका जैश–ए–मोहम्मद आतंकवादी समूहको तालिम केन्द्रलाई लक्षित गरी हवाई आक्रमण गरेको जनाएको थियो । पाकिस्तानी आतंकवादीहरुको तालिम केन्द्रलाई लक्षित गर्दै १ हजार किलोग्रामभन्दा बढी बम खसालेको भारतीय अधिकारीले जनाएका थिए । आक्रमणमा २ सय देखि ३ सयसम्म आतंकवादी मारिएको भारतीय पक्षको दाबी थियो ।

गत फ्रेबुअरी १४ मा जैश–ए–मोहम्मद आतंकवादी समूहले भारत प्रशासित कश्मीरमा गराएको आत्माघाती आक्रमणमा ४० भन्दा बढी सुरक्षाकर्मी मारिएपछि बदलास्वरुप भारतले पाकिस्तानभित्रै पसेर हवाई कारबाही गरेको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ६ : ४६ बजे

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।