फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी « Khabarhub

फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– विभिन्न आपराधिक कार्यमा संलग्न रहेर फरार भएका एक हजार ५०८ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरी कानूनी दायरामा ल्याएको छ ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ मुद्दामा उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको हो ।

ती मुद्दामा एक हजार ८९२ जना अभियुक्त रहेका छन् । उनका अनुसार यस वर्ष परेका मुद्दामा एक हजार ६९६ जना पुरुष, एक सय ७१ महिला र समलिङ्गी एक जना संलग्न रहेका छन् । तीमध्ये विदेशी नागरिक २४ जना रहेका छन् । २३ जना पुरुष र एक महिला विदेशी रहेको उनले जानकारी दिए ।

पक्राउ पर्नेमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा, सवारी ज्यान, लागूऔषध, जबर्जस्ती करणी, बाल यौन दुरुपयोग, मानव बेचबिखन तथा ओसारपसार, अभद्र व्यवहार, आत्महत्या, चोरी, जुवा, ठगी, विद्युतीय अपराध, बैङ्किङ कसुर रहेका छन् ।

कार्यालयले फैसला कार्यान्वयनतर्फ गत आवमा पाँच सय ८३ जनालाई पक्राउ गरी अदालतमा बुझाएको छ । उनीहरूबाट एक सय २७ वर्ष छ महिना तीन दिन कैद र दुई करोड ५८ लाख ७९ हजार ४१९ जरिवाना असुल गरिएको छ । फैसला कार्यान्वयनका लागि एक हजार ८०७ जना पक्राउ गरी कानूनी दायरामा ल्याउन बाँकी रहेको उनले जानकारी दिए । (रासस)

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ९ : ५८ बजे

शिक्षा मन्त्रालयको स्पष्टीकरण : कक्षा १२ को नतिजा प्रकाशनमा त्रुटि भएको छैन

काठमाडौं– शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटि

रास्वपा महाधिवेशनमा प्रतिनिधि छनोट विवाद : सभापति दाबी गरेपछि नाम हटाएको आरोप

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा प्रतिनिधि छनोटलाई

पुकार बम भन्छन्- केन्द्रीय सदस्य जित्दा सहमहामन्त्री उठ्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद पुकार बमले केन्द्रीय

होल्डिङ सेन्टर खाली गर्न उर्दी, विस्थापित परिवारमा अन्योल !

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारहरूलाई असार १२ भित्र केन्द्र

रास्वपाको बन्दसत्र सरेको सर्‍यै, महाधिवेशन प्रतिनिधिमा बढ्दैछ आक्रोश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा एकपछि अर्को विवाद