जुम्लाको धिमीचौर आन्तरिक पर्यटकीय गन्तव्य बन्दै « Khabarhub

जुम्लाको धिमीचौर आन्तरिक पर्यटकीय गन्तव्य बन्दै


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जिल्लाको चन्दननाथ नगरपालिका-४ मा रहेको धिमीचौर पछिल्लो समयमा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । पर्यटकीय सम्भावना बोकेको धिमीचौर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको हो ।

यहाँका पाटनमा फूलेका फूलहरूको सुगन्ध लिने, रमणीय वातावरणसँग रमाउने र मनोरम दृश्यावलोकनका लागि पर्यटन आकर्षित हुँदै गएका स्थानीय बताउँछन् ।

यस ठाउँले पर्यटकलाई आकर्षित गर्नुका साथै आनन्दित बनाउनु भएकाले आन्तरिक पर्यटकको आगमन बढ्दै गएको चन्दननाथ नगरपालिकाका प्रमुख सुरेन्द्रबहादुर महतले बताए । 

स्थानीय सरकारले यसको प्रचारप्रसार गर्ने, पर्यटकीय गतिविधि सञ्चालन, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रलाई महत्त्व दिएर काम गरिरहेको उनको भनाइ छ ।

‘यहाँसम्म पुग्नका लागि सडक विस्तार भएको छ । यसलाई थप स्तरवृद्धि गर्दै जाने योजना नगरले बनाएको छ । सदरमुकाम खलङ्गाबाट करिब एक घण्टाको पैदल यात्रामा पर्ने धिमीचौर आन्तरिक पर्यटकको चहलपहल बढेको छ’, उनले भने।

घना जङगलको बीचमा ठूलो फाँट, त्यही फाँट हो धिमिचौर । अहिले विशेषगरि साउन र भदौमा धिमीचौर पर्यटकले भरिभराउ हुन्छ । शुक्रबार र शनिबार तथा बिदाको दिनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीय हिम्मत बुढ्थापाले जानकारी दिए  ।

धिमीचौरमा घुम्न आउनेको सङ्ख्या बढेपछि पाटनसम्मका फाँटमा बिस्कुट, चाउचाउका प्लास्टिक, सिसा, रेडबुल र पानीका बोत्तल भेटिने बताउँदै लक्ष्मी खत्रीले पर्यटकीय गतिविधि बढेसँगै आयआर्जन बढ्नुका साथै वातावरणमा फोहर पनि बढिरहेको उल्लेख गरे । 

फोहर व्यवस्थापनका लागि ठाउँठाउँमा फोहर फाल्ने खाडलको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

‘पहिला बाउबाजेले बर्खायाममा गाईगोठका रूपमा प्रयोग गर्ने धिमीचौर अहिले आन्तरिक पर्यटनको मुख्य गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । स्थानीय सरकारले पूर्वाधार विकाससँगै फोहर व्यवस्थापनको पहल गरे थप पर्यटन प्रवर्द्धन भई स्थानीयको आर्थिकस्तर सुधार हुँदै जाने थियो’, उनले भने । रासस

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  १२ : ३१ बजे

तराईमा तातो लहर कायमै

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेश भए

पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित

धुलिखेल–खावा सडकखण्डमा सवारी सञ्चालनमा कडाइ

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्डमा भइरहेको सडक निर्माण

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले) को संसदीय दल र सचिवालय बैठक आज

भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका

गोदावरी– धनगढी उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास