चीन र रुसद्वारा जापान सागरमा संयुक्त अभ्यास सुरु « Khabarhub

चीन र रुसद्वारा जापान सागरमा संयुक्त अभ्यास सुरु


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- आफ्नो साझेदारीलाई बलियो बनाउन र अमेरिकी नेतृत्वको विश्वव्यापी व्यवस्थाको सन्तुलन कायम गर्न खोजिरहेका चीन र रुसले आइतबार जापान सागरमा संयुक्त नौसैनिक अभ्यास सुरु गरेका छन् ।

आर्थिक र राजनीतिक सम्बन्धका साथै मस्को र बेइजिङले हालका वर्षहरूमा आफ्नो सैन्य सहयोगलाई बलियो बनाएका छन् । सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि उनीहरूको सम्बन्ध गहिरो भएको छ ।

‘संयुक्त सागर–२०२५’ अभ्यास रूसी बन्दरगाह भ्लाडिभोस्टक नजिकैको पानीमा सुरु भएको र तीन दिनसम्म चल्ने चीनको रक्षा मन्त्रालयले आइतबार एक विज्ञप्तिमा बताएको छ ।

“दुवै पक्षले पनडुब्बी उद्धार, संयुक्त पनडुब्बी विरोधी, हवाई रक्षा र मिसाइल विरोधी अपरेसन, र समुद्री युद्ध गर्नेछन्”, विज्ञप्तिमा उल्लेख छ ।

रूसी जहाजहरूसँगै निर्देशित मिसाइल विध्वंसक शाओक्सिङ र उरुम्कीसहित चार चिनियाँ जहाजले अभ्यासमा भाग लिइरहेको मन्त्रालयले बताएको छ ।

अभ्यास सकिएपछि, दुई देशले ‘प्रशान्त महासागरका सम्बन्धित पानीहरूमा’ नौसैनिक गस्ती सञ्चालन गर्नेछन् ।

सन् २०१२ मा सुरु भएको ‘संयुक्त सागर’ अभ्यासका साथ चीन र रुसले धेरै वर्षदेखि वार्षिक अभ्यास गर्दै आएका छन् ।

गत वर्षको अभ्यास चीनको दक्षिणी तटमा आयोजना गरिएको थियो ।

चिनियाँ रक्षा मन्त्रालयले यस वर्षको अभ्यासको उद्देश्य दुई देशको ‘व्यापक रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने’ रहेको शुक्रबार बताएको थियो ।

चीनले कहिल्यै रुसको तीन वर्षभन्दा बढी चलेको युद्धको निन्दा गरेको छैन । साथै उसले रुसलाई आफ्ना सेनाहरू फिर्ता लिन पनि भनेको छैन । संयुक्त राज्य अमेरिकासहित युक्रेनका धेरै सहयोगीहरू बेइजिङले मस्कोलाई सहयोग प्रदान गरेको छ भन्ने विश्वास गर्छन् ।

चीनले नियमित रूपमा लडाइँ बन्द गर्न आह्वान गर्दै आफूलाई तटस्थ पक्ष भएको दाबी गर्छ । साथै बेइजिङले पश्चिमी देशहरूमाथि युक्रेनलाई हतियार प्रदान गरेर द्वन्द्वलाई लम्ब्याएको आरोप लगाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  १२ : ३६ बजे

एलिकाको टी-२० विश्वकपमा उपहार योजना सार्वजनिक

काठमाडौं– इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आईसीसी टी–२० विश्वकप २०२६

नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल

काठमाडौं– नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेललाई नियुक्त गरिएको छ

बंगलादेशमा व्यापक हिंसा : केही दलका कार्यालय जलाइयो, सञ्चारगृह र पत्रकारमाथि पनि आक्रमण

ढाका- बंगलादेशमा शेख हसिना विरोधी नेता उस्मान हादीको मृत्युपछि हिंसा

कटुवा पेस्तोलसहित एक युवा पक्राउ

तनहुँ– आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवालाई

पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास 

काठमाडौं– उच्च अदालत पाटनमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छन्