चीन र रुसद्वारा जापान सागरमा संयुक्त अभ्यास सुरु « Khabarhub

चीन र रुसद्वारा जापान सागरमा संयुक्त अभ्यास सुरु


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- आफ्नो साझेदारीलाई बलियो बनाउन र अमेरिकी नेतृत्वको विश्वव्यापी व्यवस्थाको सन्तुलन कायम गर्न खोजिरहेका चीन र रुसले आइतबार जापान सागरमा संयुक्त नौसैनिक अभ्यास सुरु गरेका छन् ।

आर्थिक र राजनीतिक सम्बन्धका साथै मस्को र बेइजिङले हालका वर्षहरूमा आफ्नो सैन्य सहयोगलाई बलियो बनाएका छन् । सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि उनीहरूको सम्बन्ध गहिरो भएको छ ।

‘संयुक्त सागर–२०२५’ अभ्यास रूसी बन्दरगाह भ्लाडिभोस्टक नजिकैको पानीमा सुरु भएको र तीन दिनसम्म चल्ने चीनको रक्षा मन्त्रालयले आइतबार एक विज्ञप्तिमा बताएको छ ।

“दुवै पक्षले पनडुब्बी उद्धार, संयुक्त पनडुब्बी विरोधी, हवाई रक्षा र मिसाइल विरोधी अपरेसन, र समुद्री युद्ध गर्नेछन्”, विज्ञप्तिमा उल्लेख छ ।

रूसी जहाजहरूसँगै निर्देशित मिसाइल विध्वंसक शाओक्सिङ र उरुम्कीसहित चार चिनियाँ जहाजले अभ्यासमा भाग लिइरहेको मन्त्रालयले बताएको छ ।

अभ्यास सकिएपछि, दुई देशले ‘प्रशान्त महासागरका सम्बन्धित पानीहरूमा’ नौसैनिक गस्ती सञ्चालन गर्नेछन् ।

सन् २०१२ मा सुरु भएको ‘संयुक्त सागर’ अभ्यासका साथ चीन र रुसले धेरै वर्षदेखि वार्षिक अभ्यास गर्दै आएका छन् ।

गत वर्षको अभ्यास चीनको दक्षिणी तटमा आयोजना गरिएको थियो ।

चिनियाँ रक्षा मन्त्रालयले यस वर्षको अभ्यासको उद्देश्य दुई देशको ‘व्यापक रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने’ रहेको शुक्रबार बताएको थियो ।

चीनले कहिल्यै रुसको तीन वर्षभन्दा बढी चलेको युद्धको निन्दा गरेको छैन । साथै उसले रुसलाई आफ्ना सेनाहरू फिर्ता लिन पनि भनेको छैन । संयुक्त राज्य अमेरिकासहित युक्रेनका धेरै सहयोगीहरू बेइजिङले मस्कोलाई सहयोग प्रदान गरेको छ भन्ने विश्वास गर्छन् ।

चीनले नियमित रूपमा लडाइँ बन्द गर्न आह्वान गर्दै आफूलाई तटस्थ पक्ष भएको दाबी गर्छ । साथै बेइजिङले पश्चिमी देशहरूमाथि युक्रेनलाई हतियार प्रदान गरेर द्वन्द्वलाई लम्ब्याएको आरोप लगाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  १२ : ३६ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक