सभामुख फर्किए, प्रधानमन्त्री जाँदै « Khabarhub

सभामुख फर्किए, प्रधानमन्त्री जाँदै


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वीटजरल्यान्डको जेनेभाबाट आइतबार फर्किएका छन् ।

अन्तरव्यवस्थापिका संघ (आईपीयू)को छैटौँ सम्मेलनमा भाग लिन साउन ११ गते स्वीटजरल्याण्ड गएका उनी आइतबार मध्यान्ह काठमाडौंमा अवतरण गरेका छन् ।

सभामुख घिमिरेसँगै भ्रमण टोलीका सदस्यहरू प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र परिवार दलका अध्यक्ष एवम् एमाले सांसद एकनाथ ढकाल पनि फिर्ता भएका छन् ।

उता आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानतिर जाँदैछन् ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका हुन्। उनको टोली फ्लाई दुबईको उडानबाट मध्यराति ११ः५५ बजे दुबई हुँदै आस्गावातका लागि जान लागेको हो।

भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सांसद सूर्यबहादुर थापा क्षत्री, नीजि चिकित्सक डा. दिव्यासिंह शाह र परराष्ट्र सचिव अमृतबहादुर राईलगायत छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  २ : २६ बजे

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले