म्यान्मारको रुबी खानी क्षेत्रमा सेनाद्वारा हवाई आक्रमण, १३ जनाको मृत्यु « Khabarhub

म्यान्मारको रुबी खानी क्षेत्रमा सेनाद्वारा हवाई आक्रमण, १३ जनाको मृत्यु


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

याङ्गुन- म्यान्मारको सेनाप्रति बफादार जुन्टा सरकारले विद्रोहीको कब्जामा रहेको रुबी खानी क्षेत्रमा शनिबार गरेको हवाई आक्रमणमा परी १३ जनाको मृत्यु भएको एक स्थानीय बासिन्दा तथा सशस्त्र विपक्षी समूहका प्रवक्ताले बताएका छन् ।

सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेयता म्यान्मारलाई गृहयुद्धले तहसनहस पारेको छ । म्यानमारका प्रजातन्त्र समर्थक समूहहरूले लामो समयदेखि सक्रिय जातीय सशस्त्र समूहहरूसँग नागरिकका सार्वजनिक सरोकारका विषयमा ठाउँठाउँमा सहकार्य गरिरहेका छन् ।

रूबी व्यापारको केन्द्रसहित मोगोक शहरसहित धेरै क्षेत्रहरूमा सेनाको कारबाहीको सुरुमा खासै प्रभाव नपारेपनि सन् २०२३ को अन्त्यमा सुरु भएको संयुक्त आक्रमणले मोगोकसहित धेरै क्षेत्रहरू कब्जा गर्न सफल भएको छ ।

म्यान्मार बहुमूल्य पत्थर र दुर्लभ खनिज तत्वहरूका लागि धनी मानिन्छ । सेनाले उक्त क्षेत्रमा आफ्नो उपस्थिति देखाउन चिनियाँ हतियारको सहयोग लिएको छ ।

सुरक्षाको कारण देखाउँदै नाम नबताउने शर्तमा एक स्थानीयले स्थानीय समयअनुसार बिहान ८ः१५ बजे भएको आक्रमणमा परी सात जनाको घटनास्थलमा नै मृत्यु भएको र छ जना घाइतेको उपचारका क्रममा मृत्यु भएको बताए ।

उनका अनुसार मृत्यु हुनेमा भिक्षा माग्ने एक बौद्ध भिक्षु र एउटै मोटरसाइकलमा सवार बाबु र छोरासमेत रहेका छन् ।

उनले भने, “सो क्षेत्रबाट अघि बढिरहेको एउटा कारलाई पनि आक्रमणबाट ठक्कर लागेको र चालकसहित सात जना घाइते भएका छन् ।’’

गत ग्रीष्म ऋतुदेखि मोगोक कब्जामा रहेको ताआङ नेसनल लिबरेशन आर्मीका एक प्रवक्ताले मृतकको सङ्ख्या १३ पुगेको र १४ जना घाइते भएको बताए ।

प्रवक्ता ल्वे याय ओले भने, “बिहानको समयमा सार्वजनिक स्थलमा हवाई आक्रमण भएको थियो । सडकमा धेरै मानिसहरू हिँडिरहेका थिए, त्यसैले धेरै मानिसहरू मारिएका आशङ्का गरिएको छ ।”

सुरुमा विद्रोहीहरूको संयुक्त आक्रमणबाट सेना पछि हटेपनि तर पछिल्लो समय सेनाले आफ्नो सङ्ख्या बढाएको र उक्त क्षेत्रमा नियन्त्रण लिएको छ ।

म्यान्मारको मध्य भागमा रहेको थाबेइकिन सुन खानी केन्द्रसहित केही महत्वपूर्ण बस्तीलाई सेनाले हालै पुनः कब्जामा लिएको छ ।

चार वर्षअघि आङ सान सुकीको सरकार अपदस्थ गरेपछि घोषणा गरिएको आपतकालीन अवस्थालाई जुन्टाले बिहीबार अन्त्य गरेको छ र डिसेम्बरमा हुने निर्वाचनलाई द्वन्द्वका लागि तयारीको रणनीतिको संज्ञा दिएको छ ।

यद्यपि, सुकी अझै पनि जेलमा रहेका बेला अपदस्थ सांसदहरूलगायत विपक्षी समूहहरूले निर्वाचन बहिष्कार गरिरहेका छन् । गत जुन महिनामा संयुक्त राष्ट्रसङ्घका एक विज्ञले यो अभ्यासलाई जुन्टाको निरन्तर शासनलाई वैधता प्रदान गर्न बनाइएको ‘जालसाजी’ को संज्ञा दिएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  २ : ३५ बजे

जुम्लाका ५२ वटा मतदानस्थल अति संवेदनशील

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

नरैनापुरमा डेढ सय वर्ष पुरानो धार्मिक मेला

राँझा– बाँकेको नरैनापुरमा करिव १५१ वर्षदेखि लाग्दै आएको प्रसिद्ध धार्मिक मेला

साना तथा मझौला उद्यम विकासका लागि नौ करोड ५० लाख अमेरिकी डलर स्वीकृत

काठमाडौं– विश्व बैंकले मुलुकमा साना तथा मझौला उद्यम (एसएमई) हरूको

निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

कञ्चनपुर– छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन

लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान

पोखरा– पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा पर्यटनमैत्री