‘शहीद पनि वर्गीय भए’ भन्दै प्रचण्डसामु भक्कानिए दोलखाका शंकर लामा « Khabarhub

‘शहीद पनि वर्गीय भए’ भन्दै प्रचण्डसामु भक्कानिए दोलखाका शंकर लामा

१५ साथी मारिँदा हामफालेर ज्यान जोगाएका थिए


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रले आतइबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा शहीद स्मृति कार्यक्रम आयोजना गर्‍यो ।

उक्त कार्यक्रम दोलखाको बोत्लेमा २०५९ साउन १७ गते तत्कालीन राज्य पक्षबाट मारिएका १५ जनाको सम्झनामा गरिएको थियो ।

तत्कालीन राज्य पक्षबाट मारिएकाहरूको सम्झनामा गरिएको कार्यक्रममा शोक र तनाव हुनु अनौठो भएन । किनभने त्यहाँ मारिनेहरूका परिवार पनि सहभागी थिए ।

शोकको माहोलबची एकजना माओवादीका शहीद परिवारका सदस्यले मञ्चमै उक्लिएर रूवाबासी गरे । यसरी रुवाबासी गर्ने माओवादी कार्यकर्ताको नाम शंकर लामा थियो । उनले मञ्चमा उक्लिएर अश्रमुश्रित स्वरमा भावुक हुँदै बोले । उनले सम्बोधनका क्रममा माओवादी नेतृत्वसँग गम्भीर भएर गुनासो पोखे ।

लामाले शनिबार पत्नीलाई गुमाएका थिए । कार्यक्रममा बोल्ने क्रममा भावुक भएका उनले पार्टीको शहीदसम्म्बन्धी दृष्टिकोण र उनीहरूलाई सम्मान गर्ने व्यवहारमै वर्गीयता देखिएको बताए ।

‘अब त शहीद पनि वर्गीय भइसके छन्,’ भावुवक भएका उनले भने, ‘नेताहरूका आफन्त शहीद हुँदा भव्य कार्यक्रम हुन्छ। तर हामी जस्ता सर्वसाधारणको परिवारसँग जोडिएका शहीदलाई सम्झिन पनि गाह्रो मानिन्छ । उनीहरूको स्मृति दिवस नै मनाइँदैन, पार्टीले ओझेलमा पार्ने काम गर्छ।’

उनले दोलखामा मारिएका शहीदहरूलाई सम्झनका लागि यो कार्यक्रम गर्न आफूले १० दिनदेखि कराउनुपरेको गुनासो गरे । ‘देशभरका शहीदहरूको अभिलेख राखियोस् । सबैलाई उनीहरूको स्मृति दिवसमा पार्टीले सम्झेओस् भन्ने मेरो उद्देश्य हो’, लामाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उपस्थित उक्त कार्यक्रमा भने, ‘त्यसो हुन सकेमा शहीद परिवार र घाइतेलाई केही मलहम पट्टी पनि मिल्छ । शहीदहरूलाई पनि शान्ति मिल्छ । शहीद र तिनको योगदान नभुलेमा हाम्रो पार्टी पनि केही राम्रो हुन्थ्यो ।’

उनले २०५९ साउन १७ गते दोलखाको बोत्लेमा भएको नरसंहार सम्झिँदै आफू मुस्किलले बाँचेको बताए । मारिएका १४ जना साथीसँगै भए पनि आफूले हामफालेर जोगाउन सफल भएको लामाले बताए ।

लामाले माओवादी नेतृत्वसँगै पेरिसडाँडामा उपस्थित सञ्चारकर्मीसँग पनि मनग्गे गुनासो पोखे । उनले माओवादीलाई १७ हजारको हत्यार भनेकोमा चित्त दुखाएका रहेछन् ।

‘तपाईंहरूले माओवादीलाई १७ हजारको हत्यारा भन्नु हुन्छ । तपाईंहरूले तथ्यमै टेकेर लेखेको हो त ? यदि होइन भने तथ्यमा टेकर माओवादी आन्दोलनले देशमा राजनीतिक परिवर्तनका लागि दिएको योगदान र उक्त आन्दोलनक वास्तविक उद्धेश्यबारे बुझेर मात्रै लेख्ने गर्नुहोस् ।’

उनले प्रचण्डसहितका नेताहरूसामु पदको पछाडि लागेर बिग्रिएको बताए । कार्यकर्ताहरूलाई पदका लागि मरिहत्ते नगर्नु भने पनि नेताहरू नै त्यसकै लागि बिग्रिएको पनि उनले बताए ।

‘माओवादी आन्दोलनका क्रममा नेताहरूले हामी कार्यकर्तालाई ‘पदलोलुप नहुनू’ भन्दै प्रशिक्षण दिने गर्नु हुन्थ्यो’, उनले भावुक हुँदै भने, ‘अहिले तिनै नेताहरू पदलोलुप हुनु भएको छ। पद प्राप्तिको होडबाजी चलाउनु भएको छ । हाम्रो पार्टीमा उपाध्यक्ष, उपमहासचिव र सचिव सात–सात जना चाहिने हो र ? हाम्रै पार्टीलाई कुनै बेला एकजना महामन्त्रीले चलाएको थाहा छ ।’

यस कार्यक्रममा दोलखाको बोत्लेमा तत्कालीन सुरक्षाकर्मीद्वारा हत्या गरिएका १५ जनाको स्मृतितमा घटनासम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो।

अध्यक्ष प्रचण्डले बोत्ले घटनामा मारिएका तथा घाइतेका परिवारलाई सम्मान पनि गरे । माओवादीले जनयुद्धको उद्धेश्य भुलेर संसदीय भासमा भासिएको गुनासो भइरहेका बेला मुश्किलले ज्यान जोगाएका लामाको भावुक सम्बोधनले पेरिसडाँडा स्तब्ध भएको थियो ।

भिडियोमा पनि हेर्नुहोस् :

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ३ : ०६ बजे

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत– बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका