१५ लाख भूमिहीनलाई पुर्जा बाँड्ने तयारीमा सरकार  « Khabarhub

१५ लाख भूमिहीनलाई पुर्जा बाँड्ने तयारीमा सरकार 


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले करिब १५ लाख भूमिहीन, दलित सुकुम्वासीलाई पुर्जा उपलब्ध गराउने सरकारको तयारी रहेको बताएका छन् । 

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा भूमिहीन सुकुम्वासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीको विवरणबारे छलफलमा मन्त्री अधिकारी सो जानकारी दिए । 

हालसम्म ९९ हजार १ सय ८६ भूमिहीन दलित, १ लाख ६८ हजार १ सय ५ भूमिहीन सुकुम्वासी र ८ लाख ७५ हजार ४ सय १० अव्यवस्थित बसोबासीको विवरण संकलन गरिएको मन्त्री अधिकारीले बताए ।

उनले अझै पनि २ सय ८ पालीकाले विवरण संकलनको काम सम्पन्न गर्न नसकेकाले करिब भूमिहीन सुकुम्वासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीको संख्या करिब १५ लाख पुग्न सक्ने अनुमान गरिएको धारणा राखे ।

भूमिहीन सुकुम्वासी र दलितको हकमा अहिले बसेको स्थानमा नै त्यही ठाउँमा जग्गा दिने व्यवस्था गरिएको उनले बताए ।  

मन्त्री अधिकारीले कुनै भ्रम नरहने गरी विधेयकलाई अघि बढाउन समिति समक्ष आग्रह गरे । विधेयकमा घर जग्गा व्यवसाय बाहेक अन्य प्रयोजनका लागि प्राप्त गरेको वा स्वीकृति लिएको जग्गा अन्य प्रयोजनका लागि बिक्री गर्न नपाइने व्यवस्था स्पष्ट रूपमा राखिएको अधिकारीले बताए । 

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ३ : १९ बजे

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छ : अभिनेता खड्का

काठमाडौं– नेपाली चलचित्र क्षेत्रका स्थापित र लोकप्रिय अभिनेता प्रदीप खड्का

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस