सहायता समूहले भन्यो– गाजा मुख्यालयमा इजरायली आक्रमण, एक कामदारको मृत्यु « Khabarhub

सहायता समूहले भन्यो– गाजा मुख्यालयमा इजरायली आक्रमण, एक कामदारको मृत्यु


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) ले इजरायली सेनाले गाजास्थित आफ्नो मुख्यालयमा आक्रमण गरेको आरोप लगाएको छ । आक्रमणमा एक कामदारको मृत्यु भएको छ भने तीन जना घाइते भएको उल्लेख छ ।

मानवीय सहायता संस्थाले आइतबार बिहान सबेरै भएको आक्रमणबाट ‘भवनमा आगो लागेको’ बताएको छ ।

दक्षिणी शहर खान युनिसमा रहेको सुविधामा रातभर गरिएको आक्रमणलाई ‘जानाजानी गरिएको’ भनेर वर्णन गर्दै रेड क्रिसेन्टले भन्यो कि गाजा मुख्यालयबारे इजरायली सेनालाई ‘राम्ररी थाहा छ’ र ‘सुरक्षा रातो चिह्नले स्पष्ट रूपमा सङ्केत लगाइएको छ ।’

‘बीबीसी’ का अनुसार इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले ‘तोपखाना वा हवाई आक्रमणको बारेमा कुनै जानकारी नभएको’ बताइएको छ ।

रेड क्रिसेन्टले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडिओमा भवनको केही भागमा आगो लागेको र धुवाँको मुस्लोले भरिएको देखिएको छ । पछिल्ला तस्बिरहरूमा भवनमा ठूलो क्षति भएको र रगतका दागहरू देखाइएको छ ।

एक विज्ञप्तिमा सहायता एजेन्सीले मारिएका कामदारको नाम ओमर इस्लेम रहेको र उनको मृत्यु ‘हृदयविदारक’ भएको उल्लेख छ । घटनामा दुई अन्य कामदारहरू घाइते भएको र आगो निभाउने प्रयास गरिरहेका एक नागरिक पनि घाइते भएको उल्लेख छ ।

‘यो कुनै गल्ती थिएन’, रेड क्रिसेन्टले भनेको छ, ‘हामी जवाफदेहिता र सबै मानवीय र चिकित्सा कर्मचारीहरूको सुरक्षाको लागि हामी पुनः आह्वान गर्छौं ।’

गाजामा मानवीय अवस्था विकराल हुँदै गएको चेतावनी दिइरहँदा यो घटना भएको हो । संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्याङ्कले मे महिनाको अन्त्यदेखि खाना खोज्दै कम्तिमा १,३७३ प्यालेस्टिनीहरूको मृत्यु भएको देखाएको छ ।

संयुक्त राष्ट्रसंघले भनेको छ– ‘अधिकांश इजरायली र अमेरिका समर्थित गाजा मानवीय फाउन्डेसन (जीएचएफ) वितरण स्थल नजिकै इजरायली सेनाद्वारा व्यक्तिहरू मारिएका छन् । उक्त स्थान वरपर कम्तिमा ८५९ जना मारिएको संयुक्त राष्ट्रसंघको तथ्याङ्कलाई जीएचएफले अस्वीकार गरेको छ ।’

इजरायलले हमासलाई सहायता केन्द्रहरू नजिक अराजकता फैलाएको आरोप लगाएको छ र आफ्नो सेनाले जानाजानी सर्वसाधारणमाथि गोली नचलाएको बताएको छ ।

यसैबीच, इजिप्टको राज्य सञ्चालित सञ्चारमाध्यमले अत्यधिक आवश्यक इन्धन भरिएका दुई लरीहरू गाजा प्रवेश गर्न पर्खिरहेको समाचार प्रकाशित गरेका छन् ।

इजरायलले गाजामा सबै सहायता र सामानहरूमा महिनौं लामो नाकाबन्दी सुरु गरेपछि चिकित्सकहरूले हप्तौंदेखि महत्त्वपूर्ण चिकित्सा सुविधाहरूमा अभाव भएको चेतावनी दिइरहेका छन् ।

मानवीय एजेन्सीहरूले अनिकाल र कुपोषण हुनबाट रोक्न गाजामा थप सहायता प्रवेश गर्न दिनुपर्ने बताएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले ९३ बालबालिकासहित १७५ जनाको कुपोषणका कारण मृत्यु भएको जनाएको छ ।

इजरायलले गाजामा जानाजानी सहायता प्रवाह रोकिरहेको कुरा अस्वीकार गरेको छ । उसले संयुक्त राष्ट्रसंघ र अन्य सहायता एजेन्सीहरूलाई सहायता वितरण गर्न असफल भएको आरोप लगाउँदै आएको छ ।

७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणको प्रतिक्रियामा आईडीएफले गाजामा अभियान सुरु गरेको थियो । जसमा लगभग १२०० जना मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा त्यसयता ६० हजार भन्दा बढी मानिस मारिएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : ०९ बजे

जुम्लाका ५२ वटा मतदानस्थल अति संवेदनशील

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

नरैनापुरमा डेढ सय वर्ष पुरानो धार्मिक मेला

राँझा– बाँकेको नरैनापुरमा करिव १५१ वर्षदेखि लाग्दै आएको प्रसिद्ध धार्मिक मेला

साना तथा मझौला उद्यम विकासका लागि नौ करोड ५० लाख अमेरिकी डलर स्वीकृत

काठमाडौं– विश्व बैंकले मुलुकमा साना तथा मझौला उद्यम (एसएमई) हरूको

निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

कञ्चनपुर– छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन

लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान

पोखरा– पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा पर्यटनमैत्री