जनसंगठनलाई विधान संशोधन प्रस्तावमा सुझाव दिन एमालेको निर्देशन « Khabarhub

जनसंगठनलाई विधान संशोधन प्रस्तावमा सुझाव दिन एमालेको निर्देशन


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनको प्रस्तावबारे यही साउनभित्र सुझाव दिन मातहतका कमिटी र जनसंगठनलाई निर्देशन दिएको छ । 

एमालेको यही साउन ५ र ६ गते सम्पन्न केन्द्रीय कमिटीको नवौँ बैठकको निर्णयका आधारमा तयार भएको विधान संशोधनको प्रस्तावमाथि लिखित सुझाव माग गरेको हो । 

बैठकको निर्णयपछि अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन–१२ मा आगामी भदौ २०–२२ गते ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा तल्ला कमिटीका सुझाव माग गरिएको हो । 

केन्द्रीय कमिटीको निर्णय कार्यान्वयन र विधान महाधिवेशनको तयारीका सन्दर्भमा एमालेका २३ जनसङ्गठनका इञ्चार्ज, अध्यक्ष र महासचिवलाई शनिबार आयोजित छलफलमा पार्टी नेतृत्वले आफ्नो जनसंगठनको सचिवालय बैठक गरी विधानबारे सुझाव तयार गर्न निर्देशन दिएको हो । 

जनसङ्गठन संयन्त्रका संयोजक भानुभक्त ढकालले केन्द्रीय कमिटीको निर्णय, सर्कुलर र विधान महाधिवेशनको तयारीका लागि सबै जनसंगठनमा एकरुप बुझाइका लागि पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको उपस्थितिमा भएको बैठकले नीति र नेतृत्वका पक्षमा लाग्दै मिसन–२०८४ सफल तुल्याउन आग्रह गरिएको जानकारी दिए ।

सो अवसरमा अध्यक्ष ओलीले पार्टीभित्र सम्बन्धित कमिटीका पर्याप्त छलफल गर्न पाइने तर निर्णय भएको कुरा कार्यान्वयनमा कुनै कमजोरी हुन नहुने स्पष्ट गर्दै अनुशासनको पालनमा जोड दिए । 

‘सबै जनसङ्गठन पार्टीका अवयव हुन् । आफ्ना क्षेत्रमा जनआकर्षण बढाउने र सङ्गठन विस्तार गर्न यी सङ्गठन लाग्नुपर्छ । मिसन–२०८४ लाई सफल बनाउँदै एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छ’, अध्यक्ष ओलीले भने, ‘हाम्रो जनसङ्गठन पार्टीको अहित र विपक्षमा जान सक्दैन । पार्टीको विरोध गर्ने सदस्य पार्टीको कार्यकर्ता होइन । व्यक्तिहरू स्वतन्त्र हुन्छन् तर सङ्गठनमा लागिसकेपछि कुन अधिकार कुन ठाउँमा प्रयोग गर्ने भन्ने बुझेर प्रयोग गर्नुपर्ने हुन्छ । अब हामी आन्तरिक मामिलामा नअल्मलिउँ । विरोधीको सामना गरेर निर्णायक राष्ट्रिय शक्ति बन्न लागौँ ।’

अध्यक्ष ओलीले संविधानको रक्षक र पालक तथा नेपाली सेनाको परमाधिपति भइसकेका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको राजनीतिमा फर्कन नहुने पार्टीको बैठकले निर्णय गरिसकेकाले यस विषयमा अब बहस गर्नु निरर्थक हुने बताए ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ६ : १२ बजे

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छ : अभिनेता खड्का

काठमाडौं– नेपाली चलचित्र क्षेत्रका स्थापित र लोकप्रिय अभिनेता प्रदीप खड्का

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस