तस्करको काजु प्रहरीले नै बेचेपछि… | Khabarhub Khabarhub

तस्करको काजु प्रहरीले नै बेचेपछि…


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– गत महिनाको १८ गते साँझ जटहीबाट काठमाडौंका लागि छुटेको सावित्री ट्राभल्स बसलाई जनकपुरधामको मुख्य स्थान रामानन्द चोकमा तस्करीको समान बसमा भएको गोप्य सुचनाको आधारमा प्रहरीको एक टोलीले चेकजाँच गर्छ । 

चेकजाँचको क्रममा भारतबाट अवैध रूपमा नेपाल भित्र्याएर तस्करले काठमाडौं पठाउन सावित्री ट्राभल्स बसको प्रयोग गरेर लैजाँदै गरेको अवस्थामा ३० बाल्टिन काजू बरामद हुन्छ । 

बरामद भएको काजु प्रहरी प्रमुख वा कन्ट्रोललाई १८ बाल्टिन मात्र बरामद भएको जानकारी पठाउँछन् । बाँकी रहेको १२ बाल्टिन उक्त स्थानमा खटी गएको प्रहरी टोलीले नै गायब पारेको घटना बाहिरिएको छ ।

कसरी भयो काजु गायब ?

२०८२ असार १८ गते धनुषा प्रहरीको क्राइमटोलीलाइ सावित्री ट्राभल्स बसमा तस्करीको काजु काठमाडौं गइरहेको खबर आउँछ । खबर आएपछि धनुषा प्रहरीको टोली सक्रिय हुन्छ । क्राइमको टोलीले रामानन्द चोक नजिकै रहेको मातहतको प्रहरी चौकि जानकी प्रहरी चौकीलाई खबर गर्छ र चेकजाँच गर्न आदेश दिन्छ । 

आदेश आए लगत्तै जानकी प्रहरी चौकी प्रमुख, प्रहरी नायव निरीक्षक (सई) चौधरी यादव र उनको घुमुवा टोलीका राजिव मंडल उक्त स्थानमा पुग्छ । त्यहाँ पुगेर सावित्री ट्राभल्स बसलाई चेकजाँच गर्दा ३० बाल्टिन काजु फेला पर्छ ।  

प्रारम्भिक जाँचमा ती काजु भारतको जटही नाका हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको पुष्टि भएको प्रहरीले बताउँछ । उक्त समान तस्करीमा लामो समयदेखि संलग्न रहेका तस्कर मानिस भन्नेको रहेको प्रहरीको अनुसन्धानले देखाएको एक जना प्रहरी अधिकृतले बतायो । प्रहरीले ती काजु नियन्त्रणमा लिएपछि सुरु हुन्छ कथाको कालो पाटो ।

जानकी प्रहरी चौकी प्रमुख, प्रहरी नायव निरीक्षक (सई) चौधरी यादव र उनको घुमुवा टोलीका रावि मण्डलले बरामद गरिएको काजु मध्ये आधा भन्दा बढी भाग आफैँले बेचिदिएका छन् । सइ यादव र घुमुवा मण्डलले चेकजाँचको क्रममा बरामद गरिएको ३० बाल्टिन काजू मध्ये १२ बाल्टिन काजु नै बेची दिएको प्रहरी श्रोतले जनाएको छ । प्रहरी श्रोतका अनुसार सइ यादव र घुमुवा मण्डल मिलि, गायब गरिएको १२ बाल्टिन काजु स्थानीय व्यापारीलाई बेची दिएका छन् । उनीहरूले काजु बेचिदिएपछि अहिले सम्म कुनै कारबाही गरिएको छैन । 

छानबिन समिति गठन

प्रहरीले नै तस्करीको काजु बेचिदिएको पत्ता लागेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले छानबिन समिति गठन गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता बरुण बहादुर सिंहले जानकारी दिए । 

उनले जिल्ला प्रहरी कार्यालयमा जानकी प्रहरी चौकीले १८ बाल्टिन काजु मात्र बुझाएको र बुझ्दै जाँदा ३० बाल्टिन काजु बरामद गरिएको पत्ता लागेपछि घटनाको छानबिन गर्न साउन १४ गते इलाका प्रहरी कार्यालय खजूरीका प्रमुख प्रहरी निरीक्षक बबिन्द्र नेवांगको नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिए । उनले छानबिनको प्रतिवेदन आए लगत्तै घटनामा संलग्नलाई कारबाही गर्ने समेत बताए । 

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ६ : ३२ बजे

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

लेक लागेर अन्नपूर्ण क्षेत्रमा गत वर्ष १८ पर्यटकको मृत्यु

गण्डकी : गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८

एमालेले विधान महाधिवेशनलाई राजनीतिक उत्सवका रूपमा मनाउँछ : महासचिव पोखरेल

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दोस्रो विधान

आईजीन छुट्याउने ‘धितोपत्र अभौतिकीकरण निर्देशिका’मा के छ ? (मस्यौदासहित)

काठमाडौं– सीडीएस एन्ड क्लियरिङ लिमिटेडले स्वीकृतिका लागि स्वीकृतिका लागि नेपाल

खानेकुरा कुरिरहेकामाथि इजरायली आक्रमण, एकैदिन २६ जनाको मृत्यु

एजेन्सी – गाजाको नागरिक सुरक्षा निकायका अनुसार इजरायली गोली प्रहार