एक वर्षमा तीन करोडको लागुऔषध बरामद « Khabarhub

एक वर्षमा तीन करोडको लागुऔषध बरामद


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – बर्दिवासस्थित लागुऔषध नियन्त्रण ब्युरोे शाखाले गत आर्थिक वर्षमा करिब तीन करोड मूल्य बराबरको लागुऔषध बरामद गरेको छ ।

गत आर्थिक वर्ष २०८१–८२ मा सो रकम बराबरको विभिन्न लागुऔषध बरामद गरिएको ब्युरोले जनाएको हो । यस क्रममा ५५ जना पक्राउ परेको र लागुऔषध ओसरपसारमा प्रयोग गरिएका विभिन्न १६ सवारीसाधन नियन्त्रणमा लिइएको ब्युरो प्रमुख प्रहरी नायब निरीक्षक सरोज अधिकारीले जानकारी दिए ।

यो अवधिमा सबैभन्दा बढी परिमाणमा गाँजा १५।१४ क्वीन्टल बरामद भएको छ । गाँजा बरामदका क्रममा छ जना पक्राउ परेको र ओसारपसारमा प्रयोग भएका तीन थान मिनिट्रक तथा तीन थान जीप नियन्त्रणमा लिइएको छ । बरामद गाँजाको अनुमानित मूल्य एक करोड ९९ लाख छ ।

यसैगरी सो अवधिमा ‘इनफ्रेडिन’ नामक लागुऔषध ८५४ ग्राम बरामद भएको छ । यो बरामदीसँगै तीन महिला र दुई पुरुष गरी पाँच जना पक्राउ परेका छन् । यो लागुऔषधको अनुमानित मूल्य रु ६८ लाख ३२ हजार हुने ब्युरोले जनाएको छ ।

गत आवमा खैरो हेरोइन लागुऔषध ५४९.८५ ग्राम बरामद गरिएको छ । हेराइन ओसारपसारमा संलग्न तीन महिलासहित ३९ जना पक्राउ परेका छन् । जसमा दुई जना विदेशी नागरिक छन् । हेरोइन लागुऔषध ओसारपसार गर्न प्रयोग गरिएका चार थान मोटरसाइकल र दुई वटा एम्बुलेन्स नियन्त्रणमा लिइएका छन् । यसको अनुमानित मूल्य ४६ लाख ७३ हजार बराबर छ ।

लागुऔषधिजन्य एम्पुल तीन हजार १४४ बरामद गरिएका छन् । एम्पुलसँगै दुई जना पक्राउ गरिएका छन् भने दुई थान मोटरसाइकल नियन्त्रणमा लिइएको छ । यी एम्पुलको अनुमानित मूल्य रु १२ लाख ८० हजार हुने प्रनानि अधिकारीको भनाइ छ ।

सो अवधिमै कोडिन मिश्रित लागुऔषध सिरफ ३६४ बोतल बरामद गरिएको ब्युरोले जनाएको छ । यसक्रममा तीन जना पक्राउ परेका छन् । यो लागुऔषध ओसारपसार गर्न प्रयोग गरिएका दुई थान मोटरसाइकल नियन्त्रणमा लिइएका छन् । यसको अनुमानित मूल्य दुई लाख ७३ हजार हुने जनाइएको छ ।

गत आवमा कूल दुई करोड ९९ लाख ५८ हजार बराबरको लागुऔषध बरामद गरिएको ब्युरोले जनाएको छ । ब्युरोले महोत्तरी, धनुषा, सर्लाही र सिन्धुलीसहितका जिल्लामा गरेको जाँचका क्रममा उक्त परिमाणमा लागुऔषध बरामद गरेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ६ : २८ बजे

बालेन पब्लिक डिबेटमा नबस्ने, भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटा मञ्चमा उभिन्न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर